सुरेश पअिसोज २३, सिमकोट । पहिलो पटक छिमेकी मुलुक मण्डल चिनको ताब्लाकोट पुगेको छ ।
स्थानीय सरकारको औपचारिक निमन्त्रण आएपछि हुम्लाको टोली चिनको ताक्लाकोट प्रस्थान गरेको हो ।
जिल्लाका विभिन्न क्षेत्रमा सिमाना जोडिएको र व्यापार व्यावसायि देखि हरेक क्षेत्रमा सम्बन्ध जोडिएको चिनको पुराङ्ग काउण्ट्रीले पहिलो पटक हुम्लाका विभिन्न क्षेत्रलाई औपचारिक रुपमा निमन्त्रणा गरेपछि टोली ताक्लोकाट प्रस्थान गरेको टोलीमा संलग्न मानसरोवर माध्यमिक विद्यालयका शिक्षक धनबहादुर ऐडीले जानकारी दिए ।
दुई देशको स्थानीय स्तरको सम्बन्धलाई थप बलियो बनाउनका लागि भ्रमण टोली चिनतर्फ प्रस्थान गरेको हुम्लाका प्मूख जिलला अधिकारी माधवप्रसदा ढुंगानाले नेपालबोटलाई जानकारी दिए । इतिहाँसमै पहिलो पटक नेपाली टोलीलाई औपाचारिक निमन्त्रणा गरेको बताएका अधिकारी ढुंगानाले नेपालबोटसँग भने, “चिनसरकारले सरकारी अधिकृत १० जना, निजि क्षेत्रका व्यापार व्यावसायि १० जना, १६ देखि २२ वर्ष उमेर समुहका विद्यार्थी १० जना र ३ जना शिक्षकलाई निमन्त्रण गरेको छ ।”
भ्रमण टोलीका सबैलाई जिल्ला प्रशासन कार्यालयबाट छनोट गरेर पठाइएको अधिकारी ढुंगानाले जानकारी दिए ।
वान वेल्ट वान रोडको अवधारणलाई विश्वा समुदायमा परिपचत गराउन प्रचारात्मक अभियानमा लागेको चिन सरकारले पहिलो पटक नेपाली प्रतिनिधि मण्डललाक्षर्् औपचारिक रुपमा भ्रमणका लागि निमन्त्रणागर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुईपक्षिय विकास निर्माण र सहयोग आदानप्रदानका लागि हात जोड्न खोजेको चिनले औपचारिक रुपमा अनुभव आदान प्रदानको काम यस वर्ष देखि थालनी गर्नुलाई चिनको नेपाल नीतिमा केही परिवर्तन आएको संकेतका रुपमा लिन सकिने हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्गको विष्लेषण छ ।