काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा उपत्यकाका काठमाडौं र ललितपुरमा २३ जनामा कोरोना संक्रमण पाइएको जनाएको छ ।
काठमाडौंमा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज देशभर २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।