काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि देखिएको विवाद आज टुङ्गिने सम्भावना देखिएको छ।
आज प्रधानमन्त्री निवास वालुवाटारमा ३ बजे बस्ने सचिवालय बैठकले विवाद टुङ्ग्याउने भएको हो। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकमा नेताहरूबीच नयाँ सहमति हुने र त्यससँगै विवादहरू किनारा लाग्ने दाहालनिकट एक स्थायी कमिटी सदस्यले बताए।
ती स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दुवै पद नछाड्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लचिलो बनेका हुन्।
“भोलि स्थायी कमिटी बस्नुअघि आज सचिवालयमा एउटा साझा डकुमेन्ट बन्छ। भोलि स्थायी कमिटीले त्यसैलाई ताली बजाएर अनुमोदन गर्छ,” नेकपाका एक सचिवालय सदस्यले भने, ‘‘भोलि एकै दिनमा स्थायी कमिटी बैठक टुङ्ग्याउने निश्कर्षमा नेताहरू पुग्नुभएको छ।’’
गएको हप्ता प्रचण्डले चितवन पुगेर केही व्यक्तिहरूले केपी ओली र आफूलाई उक्साउन खोजिरहेको बताएका थिए। त्यही पृष्ठभूमिको सेरोफेरोमा आज सचिवालय बैठकमा सहमति हुन लागेको बताइएको छ।
“भोलि स्थायी कमिटी बस्नुअघि आज सचिवालयमा एउटा साझा डकुमेन्ट बन्छ। भोलि स्थायी कमिटीले त्यसैलाई ताली बजाएर अनुमोदन गर्छ,” नेकपाका एक सचिवालय सदस्यले भने, ‘‘भोलि एकै दिनमा स्थायी कमिटी बैठक टुङ्ग्याउने निश्कर्षमा नेताहरू पुग्नुभएको छ।’’
गएको वैशाख महिनामा बसेको नेकपा सचिवालय बैठकमा ओलीलाई दुवै पदबाट राजीनामा गर्न दाहाल र नेपालपक्षले दबाब दिएका थिए। तर, प्रधानमन्त्री ओलीले दुबै पद नछोड्ने अडान लिए। त्यसपछि प्रचण्ड(नेपालनिकट २० जना स्थायी समिति सदस्यले स्थायी कमिटी बैठकको माग गरे।
असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकअन्तर्गत गएको असार १६ गतेको बैठकमा दाहाल र नेपाल पक्षधरले दुवै पदबाट ओलीको राजीनामा मागेपछि दुई अध्यक्षबीच दूरी बढेको थियो।
‘‘सचिवालयले सुल्झाउन नसकेको मुद्दा स्थायी कमिटीमा पुग्नु र त्यहाँबाट फेरि सचिवालय बैठक डाक्नु आफैंमा कु्रा मिलेको सङ्केत हो।’’
नेकपाका दुई अध्यक्षबीच पार्टीको आन्तरिक विवादको समाधान खोज्न पटक पटक ‘वान अन वान’ वार्ता गरेका थिए। यो बीचमा असार १८ गते यता स्थायी कमिटी बैठक बस्न सकेको छैन। समस्या समाधानको लागि हिजो दुई अध्यक्ष वार्तामा बसेपछि हिजै डाकिएको स्थायी कमिटी बैठक पनि आइतबारसम्मको लागि स्थगित गरिएको थियो। आज सचिवालय बैठकमा सहमति कायम गरेपछि भोलि स्थायी कमिटी बैठक बस्ने तयारी रहेको छ।
‘‘सचिवालयले सुल्झाउन नसकेको मुद्दा स्थायी कमिटीमा पुग्नु र त्यहाँबाट फेरि सचिवालय बैठक डाक्नु आफैंमा कु्रा मिलेको सङ्केत हो,’’ एक सचिवालय सदस्यले बताए।
“कुनै पनि हालतमा पार्टीलाई एक बनाएर लैजानु पर्छ भन्ने कुरामा दुई अध्यक्ष सहमत हुनुभएको छ। पार्टीभित्र तलदेखि माथिसम्म एकता पक्रिया टुङ्ग्याउने, पूर्वएमाले र पूर्वमाओवादी भन्ने भावनालाई पूर्णरूपमा हटाएर सबैमा नेकपाको भावना जगाउने। पार्टीका केही नेतामा रहेको ‘इगो’ अन्त्य गर्ने कुरामा सहमति जुटिसकेको छ,” नेकपाका एक स्थायी कमिटी सदस्यले भने।
ती स्थायी समिति सदस्यका अनुसार आज एउटा सहमति गर्ने र त्यही सहमतिलाई भोलि स्थायी कमिटीको बैठकमा प्रस्तु्त गर्ने योजना छ।