सिमकोट । जिल्लाको अदानचुली गाउँपालिकाले मदन-आश्रीत लोक मार्गको सिलान्यास गरेको छ ।
आर्थिक वर्ष २०७७।७८ को वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका स्तरिय गौरवको आयोजनाका रुपमा वडा नम्बर १ को ड्वाग्या दह (आर्मी क्याम्प) देखि वडा नम्बर ६ को लिस्याँसम्मको सडकलाई मदन-आश्रीत लोकर्माको नामाकरण गरेपछि गाउँपालिका अध्यक्ष दल फडेराले एक कार्यक्रमका बिच आइतबार पाम्स देखि कालागाडसम्मको सडक खण्डको सिलान्यास गरेका हुन् ।
भर्खरै राष्ट्रिय सडक सञ्जालमा गाउँपालिका जोडिएपछि छ वटै सबै वडालाई एकै सडकमा जोडन् उद्देश्यले पालिका स्तरिय सडकका रुपमा मदन आश्रीत लोकमार्गको सिलान्यास गर्ने काम अघि बढाएको अध्यक्ष फडेराले जानकारी दिए ।
‘सबै वडाका वस्तीहरुलाई सडकमा जोड्न पर्छ भन्ने हाम्रो मुल आसय हो,’ सिलान्यस कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष फडेराले भने, ‘स्थानीय तहको निर्वाचनमा आफूले गरेका प्रतिवद्धता अनुसार पनि हामीले गाउँपालिका सबै वडाका वस्तीलाई जोड्न रिङ रोडको अवधारणा अनुसार अघि बढाउने गरी काम अघि बढाइएको हो ।’ सडकको काम अघि बढाउँदा विभिन्न क्षेत्रका नागरिकले बिरोध र सर्मथन गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष फडेराले आप्mनै कार्यकालमा सबै वस्तीमा सडक विस्तार गरेर नागरिकका जनजीविकाका कामलाई अघि बढाउन आफू प्रतिवद्ध भएको बताए ।
मैशमी, व्यक्तिगत रोडलाई निरुत्साहित गर्दै पालिकाको महत्व राख्ने रोडहरुमा सबै वस्तीलाई जोडन् संकल्प गरेका अध्यक्ष फडेराले निर्वाचनमा पार्टीले जारी गरेको घोषणा पत्र र गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार नैं सडकको काम अघि बढाउने जानकारी दिए ।
सिलान्यास कार्यक्रमलाई संवोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिका कमिटीका इन्चार्ज हस्तबहादुर शाहीले पार्टी र गाउँपालिकाको योजना र मर्म अनुसार पालिका स्तरिय सडकलाई मदन-आश्रीत लोक मार्गका रुपमा नामाकरण गरिएको बताए । मदन आश्रीत लोकमार्गले कल्खे देखि लिस्यासम्मका सबै वस्तीलाई जोडने उल्लेख गरेका नेता शाहीले राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्रमुख दायित्व हो ।
‘सबै आमा गाउँपालिका स्तरिय दाजुभाई तथा दिदि बहिनीहरुको भावनालाई कदर गर्दै हरेक विकास निर्माणका काम गर्ने सामुहिक प्रतिवद्धता नेकपा र गाउँपालिकको सामुहिक हो,’ नेकपा अदानचुलीका ईन्चार्ज शाहीले भने, ‘अबको दुई वर्ष भित्र पालिकाका नागरिकका भावनालाई संवोधन गर्दै नागरिकको जीविको पार्जनलाई सहज बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, जैविविधताको संरक्षण गर्ने कामको कार्यान्वयन गर्ने पाटो सडक भएकाले पनि लोकमार्गलाई अघि सारिएको हो ।’
गाउँपालिकालको मुल सडकका रुपमा अघि सारिएको उक्त सडक खण्ड खन्ने कार्यमा विवाद आएपछि लामो वार्ता र संवादले सहमती कायम भएपछि आइतबार सिलान्यासको काम अघि सारिएका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए ।