काठमाडौं। पछिल्लो पटक निकै विवादित बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चित्रको गेटगत राजनीति थप चर्किएको छ ।
पुर्वपार्टी भित्रै धार देखिएका बेला पूर्वमाओवादी पार्टी भित्रै चार धार देखिएको छ। आज प्रचण्डले बोलाएको आफू निकट भनिएका स्थायी कमिटीको बैठकमा सहभागीले राखेका धारणाका आधारमा स्पष्ट चार धार देखिएको हो।
आफू निकट भनिएका स्थायी कमिटी सदस्य बीचमा स्पष्ट विभाजन देखिएपछि के गर्ने भन्नेमा प्रचण्ड अन्योलमा परेका छन्। “आज उहाँले पूर्व माओवादीहरू एकै ठाउँमा छौँ है भनेर देखाउन खोज्नु भएको थियो। आजबाट उहाँको भ्रम तोडियो,” एक स्थायी समिति सदस्यले भने। आज बैठकमा सहभागी एक सदस्यले उपस्थित भएकाले राखेका धारणाका आधारमा चार धारमा पूर्वमाओवादी विभक्त भएको बताए।
असन्तुष्ट धार
अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट देखिएको पुर्वमाओवादीका नेताहरुको धार आज प्रचण्डले बोलाएको खुमलटार बैठकमा अनुपस्थित भएका छन् ।
यो धारमा गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट र जनार्दन शर्मा छन्। उनीहरूले आज प्रचण्डले बोलाएको बैठकलाई बहिष्कार गरे। “हामी अध्यक्षले बोलाए सधैँ जान तयार छौं तर गुटको भेलामा जादैनौं,” उनीहरूको जवाफ थियो।
एक व्यक्ति एक पदको नीतिगत धार
शुरुदेखिनैं पार्टी भित्र एक व्यक्ति एक पदको माग गर्दै आएका पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठको नेतृत्वमा अर्को धार खडा भएको छ । यो धारमा नेता देबबहादुर गुरुङ, मातृका यादव र गिरिराजमणि पोखरेलले साथ दिए।
यो धारका नेताहरुले पार्टीको नीतिगत कुरालाई बढी जोड दिएको खुमलटार बैठकमा सहभागि एक नेताले जानकारी दिए । “यो धारका नेताहरूले पार्टी फुटे फुटोस् तर, प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा गर्नुपर्छ भन्ने लाइनबाट कुरा राखे,” एक स्थायी समिति सदस्यले भने, यो धार नेताले प्रचण्डासँग्को बैठकमा निकै चर्को कुरा राखेका छन् ।
पार्टी एकतालाई बलियो बनाउ भन्ने धार
पुर्व एमाले र पुर्व माओवादी केन्द्र मिलेर बनेको नेकपालाई थप बलियो बनाउने अभियानमा लागेको धार अर्को छ ।
यो धार पार्टीभित्रको एकता बलियो हुनुपर्छ भन्ने ठान्छ। “पार्टीमा समीकरण होइन एकीकरणको भावना लैजानु पर्छ,” नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेल भन्छन्, “प्रधानमन्त्रीको राजीनामाको अजेण्डा हिजोको पनि होइन आजको पनि होइन र छैन।”
यो धारमा हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, मणि थापा र देवेन्द्र पौडेल छन्।
२ जनाको चौथो धार
शक्ति बस्नेत र वर्षमान पुन २ जना यो धारमा छन्।
यो धारले न खुलेर कुरा गर्छ न विरोध। प्रचण्ड निवासमा बैठक सकिएपछि देखापढीसँग हाँस्दै एक सदस्यले भने, “उहाँहरू यस्तै हो। घाम देखे घामै राम्रो, जून देखे जूनै। अहिले त झन् पानी परेको बेलामा घाम नै चाहिएको छ।”