असोज २९, अदानचुली, हुम्ला । नेपालीहरुको महान चार्ड बडादशैको अवसर पारेर हुम्लाको अदानचुली गाउँपालिकामा पहिलोपटक बजार सरसफाई गरिएको छ ।
दशैको अवसरमा घरआँगन सफा गर्नु पर्छ भन्ने सन्देश फैलाउन गाउँपालिका उपाध्यक्ष सौमती ऐडीको नेतृत्वमा श्रीनगर बजार सरसफाई गरिएको अदानचुली ३ का वडाअध्यक्ष दत्त विष्टले जानकारी दिए । उनका अनुशार आइतबार (हिजो) बसेको अदानचुली गाउँ कार्यपालीकाकको बैठकले हरेक महिनाको १ दिन गाउँ सरसफाई अभियान सञ्चालन गर्ने र मदिरा सेबन तथा विक्रिवितरण गर्न समय निर्धारण गर्ने निर्ण यगरेपछि उक्त अभियान शुरु भएको हो ।
गाउँकार्यपालिकाको र्निाइ कार्यान्वयन गर्दै उपाध्यक्ष ऐडीले झाडु । कुच्चो समातेर आँगन सफ ागर्ने अभियान शुरु भयो ३ नम्बर वडाका अध्यक्ष विष्टले नेपालबोडसँग भने, “गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, शिक्षक, विद्यार्थी सर्वसाधारणले समेत झडुले श्रीनगरका मुख्य बजारका चोक र गल्ली सफा गरिएको हो ।”
श्रीनगरको बजारको सरसफाईबाट २० बोरा जती फोहोर संकलन गरेर जलाइएको छ । सरसफाई पछि सोमबारदेखि नै लागु हुने गरेर हरेक साँझ ५ बजे देखी १० बजेसम्म मात्रै मदिरा बेच बिखन गर्ने समय सिमा समेत निर्धारण गरिएको छ । नियमानुशार मदिरा विक्रि नगरेको भेटिए १ हजार ५ सय जरिवाना समेत तोकिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिइन् ।
गाउँपालिकाको क्षेत्रभित्र जथाभावी मदिरा सेवन गरेर अनावश्यक होहल्ला गरेको पाइएमा २ हजार ५ सय र जनप्रतिनिधि तथा कर्मचारीले सेबन गरेको पाईएमा ५ हजार रुपैया जरीबाना तोकीएको उपाध्यक्ष ऐडीले बताइन् ।