काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरुको मनोनयन गरेका छन्।
महाधिवेशनको मिति नजिकिदै गर्दा देउवाले रिक्त रहेका विभागका प्रमुखको टुंगो लगाएका छन् । देउवाले संगठन विभागको जिम्मा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाललाई नियुक्त गरेका छन्।
यस्तै महेन्द्र यादवलाई यातायात समन्वय विभाग, फर्मुल्लाह मन्सुरलाई मुस्लिम विभाग र तराई मधेश समन्वय विभागको नेतृत्वमा अजयकुरमा चौरसियालाई नियुक्त गरिएको छ ।
संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, वन वतावरण विभागमा अम्बिका बस्नेत, वित्तिय तथा सहकारी समन्वय विभागमा आनन्द ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुन जोशी र निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी वीरबहादुर बलायरलाई दिइएको छ।