सुकमाया थापा
कार्तिक ७, डोल्पा । चावी लिएका कर्मचारी कार्यालय नआउदा डोल्पाको सदरमुकाम दुनैकै कार्यालयहरु खुल्न सकेका छैन्न ।
दशै विदामा घर गएका कर्मचारी नआएपछि प्रत्यक्ष नागरिकको सरोकार राख्ने वडा कार्यालयहरु समेत खुलेका छैन्न । कर्मचारी नआएपछि अहिले जिल्लाको ठुलीभेरी नगरपालीकाका १, २, ३ र ४ वडाको संयुक्त वडा कार्यलय लामो समयदेखि बन्दै छ । र्काालयको चापी लिएका कर्मचारी नआएपछि हरेक दिन कार्यालयमा जान्छु तर बाहिरैबाट घर फर्कनु परेको ३ नम्बर वडाका अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए ।
शै बिदाको शुरुै गएको आइतबार अनिबार्यरुपमा सबै कर्मचारीलाई कार्यालय आइपुग्नु पर्छ भनेको थिए, वडाअध्यक्ष न्यौपानेले नेपालबोटसँग भने, 'तर पनि कर्मचारीले नटेर कार्यालय नआएपछि आफूले समेत बाहिर बाटै घर फर्किनु पर्यो ।'
प्रत्यक्ष नागरिकले निर्वाचित गरेका वडाको हालत त्यस्तो छ भने जिल्लाका अन्य कार्यालयको अवस्था झन नाजुक छ । जिल्लामा भएका अन्य सरकारी तथा गैर सरकारी कार्यलयहरुका कार्यलय प्रमुख लगाएत अन्य सबै कर्मचारी दशै विदामा घर गएपछि अहिले जिल्ला सदरमुकाम दुनै बजार पपनि सुनसान जस्तै छ ।
स्थानीय कर्मचारी भएका केहीसिमति कार्यालयमा दिनको २ घण्टा कार्यालय खोल्ने काम भएपनि अन्य प्राय कार्यालयका ढोका समेत खोलिएका छैन्न । जिल्लाको तालुकदार निकाय जिल्ला प्रशासन कार्यलय देखि शिक्षा बिकास तथा समन्वय इकाइ डोल्पा, कृर्षि ज्ञान केन्द्र, नेपाल खाध संस्थान डोल्पा, खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यलय, जिल्ला हुलाक कार्यलय, घरेलु तथा सना उद्योग विकास समितिको कार्यलय, जिल्ला पशुसेवा कार्यलय, डिभिजन वन कार्यलय, जिल्ला समन्वय समिति, विभिन्न वडा कार्यालयहरु लगाएत अन्य कार्यलयहरुका कर्मचारीहरु कार्यलयमा आइपुगेका छैनन् ।
कर्मचारी नआएपछि अहिले कामका लागि कार्यालय जाने सेवाग्राही समेत रित्तो हात फर्किन बाध्य भएकम छन् । यसरी कार्यलयमा कर्मचारीहरुको उपस्थिती नभएपछि आफू मार परेको स्थानियले बताएका छन ।