सिमकोट । चलचित्र निर्देशक मिनबहादुर भामले जिल्लाका तीनवटा गाउँपालिकामा कोरोना भाइरस बाट बच्ने स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
कोरोना कहरका बेल त्यसबाट बच्न भामले आप्mनो व्यक्तिगत खर्चमा जिल्लाका सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सिमकोट गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच चलचित्र निर्देशक भावले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
भामद्धारा सहयोग गरिएका सामाग्री निर्देशक भामकी दिदी सुशिला रोकायाले तीन वटै गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिन् । कार्यक्रम मार्फत रोकायाले सिमकोट गाउँपालिकाका अध्यक्षलाई तीन सय पीस एन ९५ माक्स, आठ सय वटा ग्लोव्स, दशप्रति पिपिइ सेट, दशप्रति फेसस्केल र २५ लिटर सेनिटाइजर हस्तान्तरण गरिएको छ ।
यसैगरी रोकायामार्फत दुई सय पीस एन ९५ माक्स, छ सयवटा ग्लोव्स, पाँचवटा पिपिइ सेट, पाँच वटाप्रति फेसस्केल र २० लिटर सेनिटाइजरका दरले नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललाई हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा तीनवटै गाउँपालिकाका अध्यक्षकोतर्फबाट धन्यवाद ज्ञापन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले चलचित्र निर्देशक भामले गरेको स्वास्थ्य सामाग्रीको सहयोग आफूले सदरपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तीनवटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका मुगुका स्थानीय वासिन्दा निर्देशक भामले कालो पोथी नामक नेपाली कथानक चलचित्र लगायत अन्य थुप्रै छोटा तथा लामा चलचित्रको निर्देशन गरेका छन् ।