कर्तिक १५, सिमकोट । जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका दुईको ठेहे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा नियमित स्वास्थ्य चौकी जाने बिरामीलाई समस्या भएको छ ।
स्वास्थ्य चौकीमा दशै भन्दा अगाडि देखि नै स्वास्थ्यकर्मी नभएपछि साविकको ठेहे गाविसका १ देखि ६ वडा सम्मका स्थानिय वासिन्दालाई समस्या भएको स्थानीय नवराज भण्डारीले बताए ।
स्वास्थ्यकर्मी नभएपछि ज्वरो आएको, टाउको दुखेको जस्ता विरामीहरुको लागि सामान्य औषधि समेत दिने मान्छे नहुदा सेवाग्राही विरामीहरु मर्कामा परेका छन् । गाउँ नजिकै रहेको ठेहे स्वास्थ्य चौकीमा गएको तर त्यहाँ टाउको दुखेको सिटामोल समेत दिने मान्छे नभएको बताएका स्थानीय सुरेश परियारले भने, “मौशम परिवर्तनका समस्इाले बिरामी दिनहुँजसो स्वास्थ्य चौकी जान्छन तर स्वास्थ्यकर्मी नभएपछि रित्तो हात घर फर्किनु परेको छ ।”
११ जना स्वास्थ्यकर्मीको दरबन्दि रहेको ठेहे स्वास्थ्य चौकीमा अहिले एक जना कार्यलय सहयोगी रहेको स्थानीय परिमल भण्डारीले बताए । उनका अनुशार स्वास्थ्यकर्मीका बारेमा नियमनकारी निकाय गाउँपालिका र वडापालिकामा समेत खबर गर्दा खासै कुनै प्रतिक्रिया आएको छैन ।
११ जना स्वास्थ्यकर्मि मध्ये एक जना एचए, दुई जना अहेव, दुई जना अनमी र दुई जना कार्यलय सहयोगी गरेर सात जना स्वास्थ्यकर्मि हुनु पर्ने ठाउँमा अहिले एक जना कार्यलय सहयोगी दन्त बोहरा मात्र छन ।
स्थानीय बिरामी गाउँमै स्वास्थ्य चौकी भउको भन्दै उपचारको लागि नियमित आउने गरेका छन स्थानीय हिराकला परियारले नेपालबोटसँग गुनासो गर्दै भनिन “ओक्तो (औषधी) ल्याउनका (लिनका) लागि भनेर गयो तर अस्पताल त नत ओत्तो (औषधि) पाईन्छ नत डाक्दार (स्वास्थ्यकर्मी) नै छन ।
गाउँमा स्वास्थ्यकर्मी नभएपछि अहिले ठेहेका बिरामीले जिल्ला अस्पताल ह’म्लामा आएर उपचार गर्नु परेको बताएका छन ।
जिल्ला स्वास्थ्य कार्यलयमा औषधि र कर्मचारीको अभावबारे बुज्दा ठेहे स्वास्थ्यचौकीमा भएका ११ कर्मचारी मध्य सात जना स्वास्थ्यकर्मी त अहिलेपनि स्वास्थ्यचौकीमै हुनु पर्ने दावी जिल्ला स्वास्थ्य कार्यालयकी अनमी सरिता बोहराले गरिन ।
सरकारले ७० प्रकारको औषधी स्वास्थ्य चौकीमा दिने गरेको भएपनि ठेहे स्वास्थ्य चौकीमा एउटा सिटामोल दिने स्वास्थ्यकर्मी पनि नभएपछि स्थानीयलाई समस्या परेको छ । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि अहिले विरामीले तिन घण्टाको पैदल यात्रा गरेर जिल्ला अस्पताल हुम्लामा आउने पर्ने बाध्यता भएको छ । करिब पाँच सय घरधुरी भएको साविकको ठेहेमा स्वास्थ्य समस्या दैनिकजसो स्वास्थ्य स.स्था जाने बिरामीलाई जिल्ला अस्पताल धाउनु परेको छ ।