कात्तिक १९, डोल्पा । सोमबार (आज) दिउँसो डोल्पाको ठूलीभेरी ९ मा भएको दुर्घटनामा ज्यान जानेको सनाखत भएको छ ।
भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यू भएको थियो । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओढारमा दुर्घटना भएको प्रहरी कार्यालयले डोल्पाले जनाकारी दिएको छ ।
कार्यालयका अनुशार दुर्घटनापरि मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेक छन ।
केहि महिना अघि मात्रै दुर्गम हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ सोमबार दिउँसो एक्कासी दुखद घटना घटेको छ ।
केही मिहना अघि मात्रै डोल्पालीलाई सुविधा दिनको लागि हेलिकप्टर मार्फतथ ढुवानी गरिएको जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालन गरिएको थियो । दुर्घटनामा घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र सोही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भएपनि बोहोराको अवस्था गम्भीर भएको डोल्पा प्रहरीले जनाएको छ ।
घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामान्य नै रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ। मृतकहरुको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। घट्ना कसरी भयो भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।