बैतडी । नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहारको पहिलो दिन अर्थात काग पुजा । देशैभर घरघरमाकागलाई पुजा गरेर काग तिहार मनाउँदै थिए । एकाबिहानै सञ्चार माध्यममा दुःखत खबर सार्वजनिक भयो ।
बिहीबार मध्यान्न १२ बजे महेन्द्रनगरका लागि र्चुलाको गन्नाबाटछुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना भएको खबर । दुर्घटनामा ९ जनाको घटनास्थलम्र ज्यान गएको खबरले जोकुनैलाई पनि निराश बनायो । तर दुर्घटना कसरी भयो भन्ने जानकारी स्वयम् यात्रु र प्रही कसैलाई पनि थिएन ।
दुर्घटना भएको केही समयमै रक्ताम्य भएका उत्तः गाडीका चालक बैतडीका विरेन्द्र कार्कीले अचनाक गाडीको स्टाट बन्द भएपछि गाडी दुर्घटना भएको बयान दिएका छन् ।
अस्पतालको सैयाबाटै प्रहरीलाई दुर्घटनाको बारेमा जानकारी दिदैं चालक कार्कीले दुर्घटनाको कारण बताएको हुन् ।
'बैतडीको खोड्पेमा खाना खुवाउने गरी गाडी हाँकिरहेको थिएँ,' सात वर्षदेखि बस चालक कार्कीले भने, ‘रातिको सवा १० बजेको थियो भने खोड्पे पुग्न आधा किलोमिटर मात्रै बाँकी थियो । घुम्ति र सडकमा खाल्डाखुल्डी थिए अचानक गाडी दुर्घनाको शिकार भयो मैले केही गरेपनि बचाउन सकिन ।'
‘घुम्तीमा गाडी मोड्न खोज्दा झ्याप्प स्टार्ट बन्द भयो । स्टेरिङ पनि लक भयो । त्यसपछि जोगाउनै सकिएनँ ।’ धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत कार्कीले थपे, 'सडकमा भएका खाल्डाखुल्डी नैं सहितको दुर्घटनाको मुख्य कारण बनिदिए ।'
बसका चालक कार्कीले दुर्घटनाको कारण बताइरहँदा अस्पतालमा सँगै रहेका सहचालक रमेश खत्रीलाई भने बसले सडक छोड्दाको पनि सम्झना छैन् । उनले भने, ‘म त निन्द्रामा थिए । निन्द्रा खुलेपछि घटनास्थलमा बचाउबचाउ भन्ने आवाज मात्रै सुनियो,’ ।
बस दुर्घटनामा परी नौं जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । घाइतेमध्य गम्भीर ११ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने अन्यको डडेल्धुरामा उपचार भइरहेको छ । कञ्चनपुर भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने वर्ष १५ की कृतिका कार्की, दार्चुला मालिकार्जुन गाउँपालिका डाडाकोट बस्ने जगन्नाथ ओझा, जिल्ला बैतडी दोगडाकेदार ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी, दार्चुला खरकडा बस्ने तर्कराज गिरी, बैतडीको दोगडाकेदार गाउँपालिका ६ बस्ने रणबहादुर चन्द, कंचनपुरको भिमदत्त नगरपालिका १० बस्ने बिज्ना देवी धामीको मृत्यु भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-१४ फुलबारी बस्ने नरेन्द्र चौधरी, सोही वडाको आदर्श टोल बस्ने ऋषीराम चौधरी र बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २७ वर्षीय करन सिंह ऐडीको मृत्यु भएको हो ।
रातिको समयमा बस दुर्घटना भएकाले अधिकांश यात्रु निन्द्रामा थिए । दुर्घटनाका घाइतेहरुले पनि बस खस्दा होस नभएको बताएका छन् । फोन गरेर सडक दुर्घटनाबारे जानकारी दिने बैतडीको दोगडाकेदारका नितेश भट्टले होस खुल्दा घटनास्थलमा चित्कार मात्रै सुनिएको बताए । दुर्घटनामा घाइते भएका उनले आफ्नो होस आउँदासम्म त्यहाँ उद्धारकर्मी नपुगेकाले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिएको बताए ।