अदानचुली (हुम्ला) । राष्टिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लाको भूगोल अब सडक सञ्जालमा जोडिएको छ ।
कर्णाली कोरिडोर सडकको निर्माणको जिम्मा लिएको नेपाली सेनाले कालिकोट बाजुर हुँदै हुम्लाको सिमाना कवाडीबाट वालुकुनासम्मको करिब २७ किलोमिटर ट्रयाक सकाएर गाडी चल्न शुरु गरेपछि हुम्ला राष्टिय सडक सञ्जालमा समाहित भएको हो ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएको उत्तः सडक खण्डको निर्माण कार्य सकाएपश्चात त्यसको अवस्थाको बारेमा स्थलगत बुझ्न हुम्ला जिल्लाका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको टोलीले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकाम सिमकोटबाट आएका जिल्लाका अधिकारीहरुको टोलीले निर्माणाधिन कर्णाली कोरिडोरको संयुक्त रुपमा अनुगामन गरेको छ । हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको नेतृत्वमा आएको जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको टोलीले हुम्ला र बाजुर ाजिल्लाको सिमाना ताँज्को गाउँपालिकाको कवाडी, अदानचुली र सर्केघाड गाउँपालिकाको वालुकुनासम्मको रोडको अनुगमन गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
'नेपाली सेनाले निर्माण गरेको सडको अनुमगन गर्नका लागि सांसद लामाको नेतृत्वमा जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी गिरी, नेकपाका जिल्ला अध्यक्ष लालकेश जैशी, ताँजकोट, अदानचुली र सर्केघाडका जनप्रतिनिधि, नागरिक अगुवा र सञ्चारकर्मीको टोलीले संयुत्तः रुपमा अनुगमन गर्ने काम गरेको छ', अध्यक्ष फडेराले भने, 'सडकको अनुगमन पश्चात अब नेपाली सेनालाई उक्त सडक सडक विभागलाई स्तान्तरण गर्ने प्रक्रिया गरेपश्चात नियमित रुपमा वालुकुनासम्म सवारी साधनहरु आवत जावत गर्न पाउने छन् ।'
नेपाली सेनाले ट्रयाक खोलेको उक्त सडकमा अहिले सेनाको अनुमतीमा अत्यावश्यक कामका नाममा केही सवारी साधानहरु सञ्चालनमा आउने गरेका छन् । यो सडक सडक विभागलाई हस्तान्तरण भएपश्चात निर्वाध रुपमा सवारी साधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला, मुगुका नागरिकलाई सहज हुने अध्यक्ष फडेराको भनाइ छ । उनका अनुसार अनुगमन टोलीले हुम्ला जिल्लाको सिमाना मैला कवाडी देखी सर्केगाड गाड गाउँपलिका १ जैर सम्मको सडक अनुगमन गरेको छ । धुलाचौर देखी बाजुराको कवाडी हुँदै हुम्लाको बालुकुना सम्म करिब २७ किलोमिटर सडको अनुगमन गरेको छ ।
सडकको अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी चिरन्जीबि गरीरीले जिल्ला प्रशासन कार्यालयमा क्रमचारीको अभावका कारण अनुगनमा ढिलाई भएकाले यसलाई दिगो रुपमा सुचारु गर्न लागेको जानकारी दिए ।
अनुगमन पश्चात फर्किने क्रममा संक्षिप्त प्रतिक्रिया दिदैं प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले अब सडकले हुम्लाको ध्वाङ् खाने ठाउँका नागरिकहरु भएकाले सडकले साहुमहार्जनलाई मात्र भलाई गर्ने भएकाले तपाई हामीहरु कुल्लीबाट बच्न होसीयार हुँनु पर्ने बताए ।
“जहाँ सडक आउँछ त्यहा सुख सुबिधा पनि आउने भएकाले यति छिटो जिल्लामा सडक पुगाएकोले सडक खन्ने जिम्मा पाएको नेपाली सेनालाई हुम्ला जिल्लाको तर्फबाट धन्यबाद दिनु हुँन्छ ।” जिल्ला समन्वय समिति हुम्लाका प्रमुख दानबहादुर रावतले भने, “यसबाट अब हुम्लाको समृद्धी ल्याउन सबैले आत्म निर्भर र व्यावसायीक बाटो रोज्नु पर्छ ।”
सडकको अनुगमन पश्चात नेकपाका हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसीले भने लामो समयको प्रयास मार्फत हुम्ली नागरीकहरु राष्टिय सडक सञ्जालमा जोडीन लागेकोले अत्यन्तै खुसी भएको बताउँदै अब नागरीकहरुले उत्पादनमुखी र ब्यबषायीक रुपमा अघि बढ्नु पर्नेमा जोड दिए ।
को को थिए त सडक अनुगमनमा ?
१) चिरन्जीबी गिरी प्रमुख जिल्ला अधिकारी
२) छक्कबहादुर लामा प्रतिनिधिसभा सदस्य
३) दानबहादुर रावत प्रमुख जिल्ला समन्वय समिति हुम्ला
४) दल फडेरा अध्यक्ष (अदानचुली गाउँपाल्किा)
५) बागदल मल्ल अध्यक्ष (ताँजाकोट गाउँपालिका)
६) दामु पुन प्रहरी निरीक्षक जिल्ला प्रहरी कार्यालय हुम्ला
७) प्रदिप कार्की उप सेनानी
८) मोहनराज बिष्ट (शसस्ब प्रहरी बल प्रहरी नायव उपरिक्षक हुम्ला)
९) सञ्जीब चौधरी (अनुसन्धान अधिकृत)
१०) मञ्जु बुढा उपाध्यक्ष (ताँजाकोट गाउँपालीका)
११) लालकेश जैसी (जिल्ला कमीटी अध्यक्ष नेकपा, हुम्ला)
१२) लालप्रशाद जैसी (नि.प्रमुख प्रशासकिय अधिकृत, ताँजाकोट)
१३) टक दत्त प्याकुरेल (नि.प्रमुख प्रशासकिय अधिकृत, अदानचुली)
लगायत अदानचुली र ताँजाकोट गाउँपालिकाका सम्पुर्ण जन प्रतिनिधि सहित हुम्ला,मुगु र बाजुराका स्थानीय नागरीकहरु ।
यस्तो देखियो तस्बीरमा भिआइपीको सडक अनुगमन