मंसीर १६, सिमकोट । सिमकोट गाउँपालिका बाट ट्रान्फर भएर आएको रकममा आप्mनो गाउँपालिकाले कुनै अनियमितता गरेको भए आफूले अध्यक्ष पदबाट राजीनामा दिने अध्यक्ष कर्णा रावलले ठोकुवा गरेका छन् ।
गाउँपालिकाले सञ्चालन गरेका योजना तथा विकासे गतिबिधिमा बजेट हिनामिना भएको प्रमााणित भए आप्mनो अध्यक्ष पदबाट राजीनामा दिएर राजनीतिबाटै सन्यास लिने अध्यक्ष रावलले बताएका छन् ।
सिमकोट गाउँपालिकाको बजेट खार्पुनाथ गाउँपालिकाको खातामा गएर खर्च हुँदा निक्कै आलोचना खेपेको गाउँपालिकाले स्थानीय उपभोक्ताहरुका अगाडी सम्पन्न भएका योजनाहरुको नाम र बजेट सार्वजनिक गर्न आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष रावलले यस्तो ठोकुवा गरेका हुन् ।
गाउँपालिकामा काम गर्ने कर्मचारीले खर्च र आयकोलमासिक प्रतिबेदन तयार नगर्दा कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष रावलले अन्य गाउँपालिका भन्दा आप्mनो खार्पुनाथ गाउँपालिकामा गुणस्तरीय र प्रभावकारी काम भएको दाबी गरे ।
गाउँपालिका र बैंकका कर्मचारीको लापरबाहीले सिमकोट गाउँपालिकाको बजेट खार्पुनाथ गाउँपालिकाको खातामा गएको बताएका अध्यक्ष रावलले भने, सिमकोटको डेढ करोड रकमका बारेमा बाहिर आएको हल्ला अनाबश्यक र भ्रमपुर्ण हो ।
निर्वाचित जनप्रतिनिधिलाई कर्मचारीले जानकारी नदिएसम्म पालिकाको लेखाको कुनै जानकारी हुदैन अध्यक्ष रावलले भने, यस आर्थिक बर्षबाट दुई सय रुपियाँको चेक काट्दा पनि जानकारी गराउन निर्देशन दिएको छु ।
मानबीय कमीकमजोरी सबैबाट हुन्छन्, तर यहाँ त गाउँपालिकाको चरित्र हत्या गर्ने काम भएको बारेमा गुनासो गरेका अध्यक्ष रावलले यसलाई अनावश्यक हल्ला पिटाइएको बताए ।
कार्यक्रममा खार्पूनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबिर शाहीले आर्थिक बर्ष ०७४।०७५को आय ब्यय प्रस्तुत गरे । अधिकृत चन्द्रबिर शाहीद्धारा कुल २३ करोड १८ लाख ८५ हजार बार्षिक बजेट भएकोमा २४ करोड ६० लाख ८५ हजार सात सय २२ रुपिया खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । करिव दुई सय स्थानीय उपभोक्ताहरुको उपस्थिती रहेको सुनुवाई कार्यक्रममा सिमकोट गाउँपालिकावाट खार्पुनाथ गाउँपालिकाको खातामा गएको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपियाँवाट निर्माण भएका योजनाहरुको वारेमा निक्कै टिक्का टिप्पणी भएको थियो । यद्यपी यसरी सार्बजनिक सुनुवाई गर्ने सो गाउँपालिका पहिलो गाउँपालिका भएको छ ।
खार्पूनथा गाउँपालिकाका अध्यक्ष कर्ण वहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाई कार्यक्रममा खार्पुनाथ गाउँपालिकाको शिव मन्दिरमा सम्पन्न भएको थियो ।