काठमाडौं । राजनीतिक संकट उत्पन्न भएसँगै उत्तरी छिमेकी चीनले चासो बढाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र चिनियाँ कम्युनिष्ट पार्टीबीच पनि भातृत्व सम्बन्ध रहेको छ ।
यही पृष्ठभूमिमा नेकपा फुटपछि चीनको चासो बढेको देखिन्छ । नेपालका लागि चिनियाँ राजदूतको दौडधुप लगतै चिनियाँ कम्युनिष्ट पार्टीका उच्च प्रतिनिधि नेपालमा रहेका छन् । उनीहरुले नेकपाका दुबै समूहका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ संसदको तल्लो सदन प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । एउटाको नेतृत्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् भने अर्कोको नेतृत्व पुष्पकमल दाहाल र माधव नेपालले गरेका छन् ।
नेकपामा विवाद जारी रहँदै चिनियाँ कम्युनिष्ट पार्टीले चासो राख्दै आएको थियो । विवाद मिलाउन नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिदेखि नेकपाका नेताहरुसँगको भेटवार्तालाई तीव्रता दिनेगरेकी थिइन । यो क्रम अहिले पनि जारी छ ।
कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच २०७६ असोज ७ गते भाइचारा सम्बन्ध विस्तारका विषयमा सम्झौतापत्रमा हस्तक्षर भएको थियो ।
दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक रुपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको त्यो पहिलोपटक थिए ।
सम्झौतापत्रमा रहेका ६ बुँदा
१) उच्चस्तरीय भ्रमण
२) कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३) पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान
४) युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान
५) जनस्तरको सम्बन्ध ९बुद्धिजीवी, नागरिक संस्था, मिडिया० अभिवृद्धि
६) विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
त्यसबीचमा यी दुबै पार्टीबाट एक–अर्काको मुलुकमा भ्रमणहरु बाक्लिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीले २०७६ असोज ६ गते नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई प्रशिक्षण मात्र दिएको थिएन, सी जीनपीङको विचारधारालाई पनि प्रवाह गरेको थियो ।
यही पृष्ठभूमिमा रहेको नेकपा यतिवेला फुट्दा चीन चिन्तित देखिन्छ । अन्तिमसम्म पनि नेकपा जोगाउन चिनियाँ सक्रियता बढेकै थियो । पछिल्लो प्रतिनिधिसभा विघटनपछि चिनियाँ राजदूत यान्छीले नेकपा नेताहरुसँगको भेटलाई तीव्र बनाइन ।
त्योसँगै नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ एक चिनियाँ प्रतिनिधिमण्डल आइतबार काठमाडौं उत्रिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशक सहितको प्रतिनिधिमण्डल चारदिने भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुसँग भेटावर्तामा जुटेको छ ।
यी भेटवार्ताहरु गोप्य राखिएको छ । चिनियाँ टोलीले नेपाली सुरक्षाकर्मी पनि साथ लिएका छैनन् । यसले चीन नेपालको राजनीतिक घटनाक्रममा बलियोसँग प्रवेश गर्न खोजेको निष्कर्ष निकाल्न सकिन्छ ।