सिमकोट । नेपाल सरकारले केही समय अघि स्थापना गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा पनि स्थापना गरिएको छ ।
सुक्रबार एक कार्यक्रमका बीच उत्तः कार्यालयको स्थापना गरिएको सरकारद्धारा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग हुम्लाका विज्ञ सदस्य बुधे भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्लामा पहिलो पटक भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना हुनु नागरिकका लागि सौभाग्य हो ।
आयोगका सदस्यहरुले जिल्लामा रहेका निमूखा, गरिब र जसलाई गास छैन, जस्को वास छैन, त्यस्ता व्यक्तिहरुलाई नियम कानूनका आधारमा भूमिको व्यवस्था गराउनु पर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए ।
जिल्ला समन्वय समितिको भवनमै कार्यालय स्थापना भएको कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रमूख रावतले आयोगको जिल्ला समितिले राजनितिक आस्था र बीचारका आधार, चिनजानका, नजिक टाढालगायतका कुनै पनि आधारमा बसैलाई भेदभाव नगरेर आफ्नो टिमले समान व्यवहारले काम गर्ने आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले प्रतिवद्धता जनाए । ‘सरकारको निति नियम र कानुनको आधारमा रही हुम्लाका भूमिहिन सुकुम्बासीको व्यवस्थापनका लागि यक्यवद्धता भएर लागि पर्नेछौँ’, कार्यक्रममा अध्यक्ष सुनारले भने, ‘जिल्लाको भूम सम्बन्धि समस्यालाई व्यवस्थि तगर्ने र भूमि हिनहरुका लागि प्रचलित कानून अनुसार निष्पक्ष रुपमा काम गरिने छ ।’
आयोगले जिल्लाका दलित भूमिहिन सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकहरुको वकालत गर्ने कार्यदेश पाएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समुह र प्रतिपक्षले आप्mना कार्यकर्ताको भर्ति केन्द्र बनाएको भन्दै असन्तुष्ट जनाएकै बेला गठा भएको आयोगको हुम्ला समितिमा सुनार अध्यक्ष रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा सुसनार र यांजुम रोकाया सदस्य रहेका छन् भने भण्डारी विज्ञाका रुपमा सदस्यलाई नियुक्त गरिएको छ ।