पुस ६, दाङ । दा सल्यानबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १३ जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा जुम्ला तातोपानि गाँउपालिका १४ बस्ने हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ का कुशेन्द्र खत्री,घोराही उप–महानगरपालिका १५ का १७ की समिक्षा रोकाया,अछाम मंगलसेन नगरपालिकाका १८ बर्षिय बिक्रम भण्डारी, रुकुम त्रिबेणी गाँउपालिका ३ का १६ बर्षीय प्रेम बहादुर खड्का,घोराही उप–महानगरपालिका १९ स्यूजा १७ बर्षीय मेनुका रिजाल, घाईते भएका छन् ।
घाईतेको नेपालगंज रिफर गरिएको छ । यस्तै जुम्ला चन्दनाथ गाँउपालिका २ का १७ बर्षीय जिबन भण्डारी, सोही गाउँपालिकाा ४ का १६ बर्षीय की पर्सा रोकाया,अछाम मंलगसेन नगरपालिका १९ बर्षीय यूवराज ढुंगाना,र रुकुम सानोभेरी गाँउपालिका ३ का १६ बर्षीय रोजिना पुन गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।
सल्यानबाट दाङ आउँदै गरेको बा २ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो । दुर्घटनामा परि १३ जना पुरुष र ४ महिलाको शव प्रहरीले फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिए । प्रहरीले घटना स्थलमा उद्धार कार्यजारी राखेको वताइएको छ । बस सडकबाट झण्डै सातसय मिटर तल खसेको छ ।
बस कृष्णसेन ईच्छुक पोलि टेक्निकल ईष्टीच्युट घोराही दाङको बस शैक्षिक भ्रमणको लागी गएको प्रहरीले बताएको छ ।