पुस ८, दाङ । दाङको घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटनाका मृतक २३ जनाको सनाखत भएको छ । दाङका जिल्ला प्रहरी कार्यालयले मृतक सबै जनाको सनाखत गरेर सकिएको र शव आफन्तजनलाई बुझाइएको जनाएको छ ।
दाङ प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा १९ जना पुरुष ४ महिला रहेका छन् । जसमा दाङका ६ जना, जुम्लाका ११ जना, कञ्चनपुर, डोल्पा, जाजरकोट, बाजुरा, बझाङ, र रुकुम पूर्वका १–१ जना रहेका छन् ।
ज्यान गुमाउनेहरुको नाम
१. कुशुम रावल बर्ष १६ , जुम्ला, चन्दनाथ न.पा.
२. कबिता खत्री बर्ष २१, दाङ्ग बबई गाउँपलिका ५
३. आतिस नेपाली बर्ष १७ , भेरीगंगा न.पा. ४ जाजरकोट
४. खेमराज भट्ट, बर्ष १७ , कञ्चनपुर , कृष्णनगर न.पा.–५
५. हिक्मत बोहरा बर्ष १७ , जुम्ला चन्दानाथ गा.पा.–३
६. प्रदीप घिमिरे बर्ष २८ दाङ्ग घोराही उ.म.पा.–१७
७. संजित रतगैया बर्ष २० , दाङ्ग दंगिशरण गा.पा.–१
८. बिरेन्द्र कडारा बर्ष २० , जुम्ला कान्कासुन्दरी गाउँपालिका–५
९. नरेश वली बर्ष २८ रुकुम भुमे गाउँपालिका–६
१०. विजय घर्ति ( जिएम) वर्ष १९ , घोराई–१४
११. शैलाजा शाही बर्ष १७ , जुम्ला हिमा गा.पा.–५ ( चालक )
१२. मदन खत्री बर्ष २६ , घोराही–३ दाङ्ग ( चालक)
१३. अजुन शाही बर्ष १७ , जुम्ला चन्दनाथ न.पा.–१४
१४. गणेश बिक बर्ष १८, तुल्सीपुर–१८ दाङ्ग ( सह–चालक )
१५. गजेन्द्र ऐडी बर्ष १६ , डोल्पा , गजदुल्ला गा.पा.३
१६. महेश जोसी बर्ष १९ , बझाङ्ग, जयपृथ्वी नगरपालिका–१२
१७. रितेन्द्र शाही बर्ष १९ , जुम्ला चन्दनाथ गा.पा.–१४
१८. रुपेश शाही बर्ष २२ , सोही गाउँपालिका–१० जुम्ला
१९. देविप्रसाद उपाध्याय बर्ष १६ , सोही गाउँपालिका–३ जुम्ला
२०. विपना खत्री बर्ष १७ , सोही स्थान
२१.जंग ब बुढा बर्ष १९ जुम्ला रारालिखी–१
२२. वीरेन्द्र कन्दरा बर्ष १९ , जुम्ला कनाकासुन्दरी जुम्ला १८
२३. लोकेन्द्र रावत बर्ष १८ , बाजुरा बुढीगंगा–१०
दुर्घटनामा गम्भीर घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । नेपालगञ्ज र कोहलपुरमा उपचार हनु नसकेपछि आज उनीहरुलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।