पुस ८, काठमाडौं । प्रहरीको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीको मृत्यु हुन्छ ।
ट्राफिक प्रहरीका अनुसार नेपालमा ६७ प्रतिशत सडक दुर्घटना चालकको लापरबाहीका कारण हुन्छ । डब्लुएचओको तथ्याङक अनुसार विश्वभर बार्षिक १३ लाख ५० हजार भन्दा बढिको मृत्यु सवारी दुर्घटनाकै कारण हुन्छ ।
नेपालमा बार्षिक झण्डै १८ सय नागरिकको सवारी दुर्घटनाकै कारण मृत्यु हुन्छ भने बार्षिक झण्डै १२ हजार नेपाली दुर्घटनाका कारण घाईते हुने गरेका छन् । अस्तिमात्रै दाङमा भएको दुर्घटनामा २३ जनाको मृत्यु भयो भने १४ जना घाईते भए । सवारी दुर्घटना कम गराउन चालकसँगै यात्रुहरुको भूमिका पनि महत्वपूर्ण हुने प्रहरीको भनाइ छ ।
महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता जयराज सापकोटा यात्राभरी यात्रुले चालकलाई सचेत गराउनुपर्ने बताउनुहुन्छ । सापकोटाले भन्नुभयो, ‘सडकको अवस्थाभन्दा उसले बढि स्पीड गरेको छ भने अलि विस्तारै हाँक्नुस् भन्नुप¥यो, गाडीमा क्षमताभन्दा बढी यात्रु छन् भने किन तपाईले क्षमताभन्दा बढि यात्रु राख्नुभयो ? भनेर प्रश्न गर्ने हो भने पनि चालक सचेत हुन्छन् ।’
प्रहरीका अनुसार ६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुन्छ । दुर्घटना भएकामध्ये १५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण र ४ प्रतिशत यात्रुको गल्तीका कारण हुने गरेको तथ्याङक छ । नेपालको सडक, भौगोलिक अवस्था, सवारी तथा चालकको कारण धेरै दुर्घटना हुने गरेको भनिएपनि दुर्घटना कम गराउन यात्रुको महत्वपूर्ण भूमिका हुन्छ ।
सर्लाहीका नारायणराम महरा आफूले यात्राको समयमा चालकलाई पटक पटक चेत गराउने गरेको अनुभव सुनाउनुहुन्छ । यात्रुहरुले पनि आफू चढेको बस तथा चालकको अवस्थाको ख्याल गर्नुपर्छ भने झुण्डिएर यात्रा गर्नु हँुदैन । चालकलाई तिब्र गतिमा गाडी नचलाउन आग्रह गर्ने, सवारी चलाउँदा फोन प्रयोग नगर्न चालकलाई सचेत गराउने कर्तव्य पनि यात्रुहरुकै हो ।
नियम विपरीत सवारी चालाउनेहरु देखेमा प्रहरीलाई खबर गर्ने बानी बसाले पनि दुर्घटना कम गराउन सहयोग पुग्ने बताउनुहुन्छ, प्रवक्ता सापकोटा । यात्रुहरुले पनि ट्राफिक नियमको पालन गर्ने, जथाभावि बाटो नकाट्ने तथा गति सिमित गर्न चालकलाई आग्रह गर्ने मात्रै गरेपनि सवारी दुर्घटना कम गराउन सकिन्छ ।