चैत्र १७ हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउपालिका वडा नम्बर ५ करगईका लालस्वरी सिंह शाही स्वास्थ्य चौकी नपुग्दै बिच बाटोमा सुत्केरी भएकी छन् ।
बिहान सामान्य सुत्केरी ब्याथा लागे पनि त्यसको कुनै प्रबाह नगरी आफ्नै कामको सिलसिलामा श्रीनगर आउने क्रममा बिच बाटोमै सुत्केरी भएकी हुँन् । श्रीनगरमा आउने,भेटघाट गर्ने अन्य किनमेल गर्ने उनको धोको थियो तर पनि उनलाई बिच बाटोमै सुत्केरी ब्याथा लागे पछि बल्ल तल्ल केही बेर हिडिन् तर पनि हिड्नै नसक्ने भए पछि बिच बाटो र्याउल्या भन्ने ठाउँमै सुत्केरी हुँन पुगेको अदानचुली ५ का मोहनराज छत्यालले बताए ।
उनका अनुसार हामी पनि श्रीनगर आउने भएर आउँदै थियौ बिच बाटोमा सुत्केरी ब्याथा लागे पछि स्वास्थ्यक्रमीलाई खबर गर्यौ अनि हामी सबै मिलेर उनको मद्धत गर्यौ र सुत्केरी भए पछि थप ब्यथा लाग्न सक्छ भनेर श्रीनगरबाट स्टेचर लगेर करिब ३ घण्टाको पैदल बाटो हिडाएर श्रीनगर स्वास्थ्य चौकीमा ल्यायौ ।
सुत्केरी शाहीलाई श्रीनगर स्वास्थ्य चौकीमा ल्याएर चेकजाँच गर्दा अबस्था सामान्य रहेकाले उनलाई घरमा रिफर गरेको श्रीनगर स्वास्थ्य चौकीका ईन्चार्ज रामशरण थापाले बताए ।
बिचबाटोमा सुत्केरी भएकी शाहि करगाईको हिमाचुली आधारभुत बिधालयकी बालशिक्षा शिक्षिका हुन उनलाई गत फागुन २८ गते कोभिड १९ विरुद्ध को कोभिसिल्ड खोप पनि लागाईएको थियो ।
यि मात्र होईन यस्ता दुर्गम जिल्लाहरुका धेरै ठाउँमा हुँने गरेका छन् । आज सुत्केरी भएकी शाहीको गाउँ सम्म श्रीनगर देखी सडक सञ्जाल जाड्ने भनेर गाउँपालिकाले गत वर्ष बजेटको बिनियोजन गरेको थियो । काँखे,कर्गई,बारीगाउँ हुँदै लिनु पर्छ भन्दै उक्त बस्तीका नागरीकले निरन्तर बिरोध जनाए पछि सडक सञ्जालमा जोडीन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।
श्रीनगर देखी करगई सम्म छोटो दुरी पर्दछ भने गाउँ गाउँ हुँदै लिदा लामो पर्ने भएकाले श्रीनगर देखी सिदा करगइ सम्म लिने र अन्य गाउँहरुमा जोड्ने शाँखा सडक जोड्ने गाउँपालीकाले निर्णय गरे पनि उक्त काँखे बारीगाउँका नागरीकले सडक खन्न नदिए पछि ठप्प भएको हो । आर्थिक वर्षको अन्त तिर दुबै तिर सडक खन्ने सहमती भए पछि मात्र सडक सुचारु भएकाले बिच बाटोमा काट्दै गरेको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।