पुस ९, सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा सञ्चालन भएका कृषि तथा पशुपंक्षिपालन सम्वन्धी फर्महरुलाई प्रदेश सरकारले ५० प्रतिशतसम्म अनुदान दिने भएको ।
कृषि तथा पशुपंक्षिजन्य उपजको उत्पादन तथा निर्यातका लागि क्रियाशिल निजि तथा साझेदार फर्महरुलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।
प्रदेश सरकारले सहकारी अन्तर्गत सञ्चालित फर्महरुलाईमा ७० प्रतिशत सम्मको अनुदान दिने निर्णय गरेको मन्त्री केशीले जानकारी दिइन् । कर्णाली प्रदेशलाई कृषि र पशुपंिक्षकका क्षेत्रमा आत्म निर्भर बनाउन समुह अन्तर्गत सञ्चालित फर्म तथा व्यवशायहरुलाई ६० प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
मन्त्रीले केशीले नेपालबोटलाई जानकारी दिदैं भनिन्, ‘कृषिमा आत्मनिर्भर गराउनकै लागि अनुदानको व्यवस्था गरिएको छ ।’ अनुदान मात्र नभई रोजगारमुलक कृषि पद्धतिको व्यवस्था गर्दै उत्पादन गर्न उनले आग्रह गरिन् । मासु, अण्डा र माछामा कर्णालीलाइ आत्मनिर्भर बनाउनुपर्ने धारणा मन्त्री केसीको छ ।
कर्णाली प्रदेश सरकार र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिँदा पनि आनन्द आउने खालको हुनुपर्छ । अनुदानको सही सदुपयोग भएको हुनुपर्छ ।’ अवलोकनका क्रममा कृषि क्षेत्रमा उत्पादन बढाउदै कृषकहरु नमुनाको रुपमा प्रस्तुत हुन उनले आग्रह गरिन् । आगामी आर्थिक वर्षमा मन्त्रालयले साना कार्यक्रमहरुमा समेत एक करोड रुपैयाको हाराहारीमा अनुदानको व्यवस्था गर्न लागेको उनले बताइन् ।
साथै प्रदेश सरकारले निजि क्षेत्रसँग पार्टनरसिप कार्यक्रम समेत सञ्चालन गर्ने उनले बताइन् । उनले भनिन्, ‘सरकारले बाडेरै मात्र हुदैन । निजि क्षेत्रसँग समन्वय गरिदै सरकारले पनि आम्दानी गर्न सकेमा सरकार पनि बलियो हुन्छ ।’ कर्णालीलाई सरकार र निजि क्षेत्र विच पार्टनरसिपको आवश्यकता परेको उनले बताइन् । दुई पक्ष विचको पार्टनरसिपले कर्णालीमा रोजगारीको स्थापना हुँदै सम्वृद्वी तर्फ उन्मुख हुने मन्त्री केसीको धारणा रहेको थियो ।
३५ बिगाह क्षेत्रफलमा सञ्चालन गरिएको काँक्रेविहार लाईभस्टक एग्रो फर्म एण्ड रिसर्च सेन्टरमा हाल विभिन्न जातमा एक सयको हाराहारीमा खसी–बाख्रा रहेका छन् । स्थानीय जात खरी, जमुनापारी, अजम्वरी, अमेरिकन जात बोयरलगायतका जातका खसी बाख्राहरु हाल रिसर्च सेन्टरमा राखिएको फर्मका सञ्चालक चिन्तामणी शर्माले बताए । उनले भने, ‘कर्णालीका लागि कस्तो खालका खसी–बाख्रा पालन गर्दा राम्रो हुन्छ रु हामी त्यो अध्ययन गरिरहेका छौ ।’ कर्णाली प्रदेशमा खसी–बाख्राको उत्पादकत्व सुधारका लागि एक करोड ५० लाख रुपैयाको लागतमा फर्म सञ्चालनमा ल्याईएको सञ्चालक शर्माले जानकारी दिए । फर्ममा हाल प्रत्यक्ष रुपमा चार जनाले रोजगारी पाईरहेका छन् ।