रुपन्देही । दोस्रो चरणको कोरोना भाइरस संक्रमणले प्रदेश नम्बर ५ का प्राय अस्पताल भरिभराउउ छन् ।
कोरोनाको हटस्पट बनेको बाँकेको स्थिति झन्पछि झन् भयाबह बन्दैछ । सोमबार बिहानसम्म बाँकेमा सक्रिय संक्रमितको सङ्ख्या २४०८ पुगेको छ । संक्रमितमध्ये अधिकांशको स्थिति गम्भीर प्रकारको छ ।
बाँकेमा कोरोना संक्रमणबाट जिल्लाभित्रका ८६ र बाहिरका १०४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । जसमध्ये सबैभन्दा धेरै नेपालगन्जमा १४३१ सक्रिय संक्रमित छन् भने ४५ जनाको मृत्यु भइसकेको छ ।
स्थिति झन्पछि झन् जटिल भएपछि स्वास्थ्यकर्मी पनि आत्तिन थालेका छन् । उनीहरुले जिल्लामा अक्सिजनसहित अस्पतालमा बेड थप्न सरकारसँग माग गरेका छन् ।
उपचार गराइरहेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज संक्रमितले भरिएका छन् । संक्रमित बढ्दै जाँदा अक्सिजन र बेडको अभाव हु्न थालेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘अस्पताल भरिएको छ, बिरामी कहाँ राखौं भनेर फोन आइरहेका छन्, हामीलाई तत्काल अक्सिजनसहितको बेड व्यवस्थान आवश्यक छ,’ उनले भने ।
वलीले सबै पालिकास्तरमा गम्भीर खालका बिरामी बढ्दै गएकाले अक्सिजनसहितको बेड आवश्यक भएको बताए । ‘प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको छ तर आश्वासन मात्र भएर पुगेन जतिसक्दो छिटो व्यवस्थान गर्नुपर्यो’, वलीले भने ।
अहिले बाँकेमा तत्कालको अवस्थामा ५ सयदेखि १ हजार बेडको अक्सिनसहितको अस्थायी अस्पताल आवश्यक रहेको वलीले बताए । भेरी अस्पतालका मेसु डा। प्रकाश थापाले अस्पतालमा सबै बेड भरिएर बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताए ।
‘जनशक्तिको पनि अभाव भयो, हामीले यो अवस्थाको जानकारी पहिले नै संकेत गरेका थियौं तर समयमै सम्बोधन हुन सकेन, अहिले भयावह आयो’, उनले भने, ‘दुई सय बेड भएको अस्पतालमा दोब्बर संख्यामा बिरामीको उपचार गर्नुपरेको छ, कसरी बिरामीलाई हेर्न सकिन्छ रु जनशक्तिको उस्तै अभाव छ, जतिसक्यो छिटो अक्सिजनसहितको बेड र जनशक्ति थप गर्नुपर्यो, हाम्रो अनुरोध हो हामीले सकेजति त गरेकै छौं तर अवस्था धेरै भयावह भएको छ’, डा थापाले भने ।
खजुरामा अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा
बाँकेको खजुरा गाउँपालिकाले अक्सिजन बेडसहितको आइसोलेसन संचालनमा ल्याएको जनाएको छ । ‘अक्सिजनसहितको वेडको व्यवस्थापन गरी संचालनमा ल्याएका छौं,’ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आइतबारदेखि नै सुविधासहितको आइसोलेसन सञ्चालनमा ल्याइएको जानकारी दिंदै भने, ‘सुरुमा ४० बेड जनक शिक्षामा र वडा नं। १ मा १० बेड संचालनमा ल्याउने र त्यसलाई आवश्यकता अनुसार बढाएर लिने लक्ष्य छ ।’
खजुरामा रहेको जनक शिक्षा सामग्रीको भवनमा तयार गरिएको आइसोलेसनको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख ओम रानालगयत सुरक्षा अधिकारीले आइतवार नै अवलोकन गरेका छन् ।
त्यस्तै, खजुरा गाउँपालिका वडा नं। १ का अध्यक्ष सुमन मल्लको सक्रियतामा राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको छ । आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको निगरानी रहने उक्त आइसोलेसन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार अवलोकनपछि शुभारम्भ भएको बताएका छन् ।
‘