सिमकोट । कार्यालयको सेल्फ क्वारेन्टिनमा बसेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्रि सहितको स्वास्थ्य किड्स हस्तान्तरण गरिएको छ ।
युएसए आइडी र युनिसेफ नेपालको सहयोगमा सहयोगमा जन स्वास्थ्य कार्यालय हुम्लाले जिल्ला प्रहरी कार्यालय हुम्ला र ससस्त्र प्रहरी वलको क्वारेन्टिनमा बसेका सुरक्षाकर्मीहरुका लागि कोभिड–१९ बाट बच्न उक्त सामग्रि सहयोग गरिएको सिनियर अनमी सरिता बोहराले जानकारी दिएन् ।
‘क्वारेन्टिनमा बसेको समयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री समावेश भएका आठवटा सामान समावेश भएको किड्स बक्स हस्तान्तरण गरिएका हौं’ अनमी बोहराले नेपालवोटसँग भनिन्, ‘९ वटा किड्स जनपथ र ९ वटा किड्स शसस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको हो ।’
बोहरोले उक्त सामाग्री जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेरम्व सर्मा र ससस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक गेहेन्द्रबहादुर भण्डारीलाई हस्तान्त्रण गरेको जन स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
विभिन्न कामका प्रयोजनका लागि जिल्ला बाहिर गएर फर्किए पछि कार्यालयमै राखिएको क्वारेन्टिनमा रहेका जनपद प्रहरीका १५ र ससस्त्र प्रहरी वलका १० जना प्रहरीहरुलाई प्रयोग गर्ने गरेको उत्तः सामाग्री हस्तान्तरण गरिएको सिनियर अनमी बोहराले जानकारी दिइन् । हस्तन्तरण गरिएका सामाग्री कार्यालयले आवश्यक्ता अनुसार प्रयोग गर्ने नेपाल प्रहरी हुम्लाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।
हस्तान्तरण गरिएका स्वास्थ्य किड्समा डिजिटल थर्ममिटर, ५० थान सर्जिकल मास्क, सेनिटाइजर, भाडा माज्ने सावुन र जाली, कोठा सफा गर्ने लिक्वीट र तापक्रमको रेकर्ड राख्ने पाmरम रहेको बताइएको छ ।