हुम्ला (अदानचुली) । चालुआर्थिक वर्षको नीति तथा कार्याक्रममा गाउँपालिकाको गौरवको आयोजनाका रुपमा अघि बढाएको मदन भण्डारी लोकमार्गको निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ ।
गाउँपालिकाको आप्mनो लागतका अदानचुली–१ को मुम्णा (आर्मी क्याम्प) देखि कल्खेबाट कालागाड हुँदैं लिस्यासम्मको सडकको ट्रयाक खन्ने काम अहिले धमाधम अघि बढेको छ । गएको असारमा गाउँसभाले पारित गरेको मदन भण्डारी लोकमार्गलाई गाउँपालिकाको गौरवको आयोजनका रुपमा अघि बढाएपछि अहिले थलोहाल्ना–कल्खेसम्म र लौठी–कालागाड गरेर दुई खण्डमा ट्रयाक खन्ने काम अघि बढाइएको छ ।
‘वार्षिक कार्यक्रम अनुसार अहिले दुवै क्षेत्रमा बजेटले भ्यायसम्म ट्रयाक खन्ने काम हुन्छ, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले भने, बाँकी खण्डको सडक खन्ने काम पुरा नभएसम्म हामीले नियमित रुपमा ट्रयाक खन्ने भएकाले यसलाई गाउँपालिकाको गौरवको आयोजनाका रुपमा अघि बढाइएको हो ।’
हाम्रै कार्यकालमा गाउँपालिकाका सबै (६) वटै वडालाई सडक सञ्जालमा जोड्ने योजना अनुसार काम अघि बढाएको उल्लेख गरेका अध्यक्ष फडेराले तत्काल पालिका स्तरिय सडकका रुपमा हामीले जिरो प्वाइन्ट (आर्मी क्याम्प) देखि लिस्यासम्मको सडकलाई गौरवको योजनाका रुपमा अघि सारेका हौं । केही अघि सडक खन्न शुरु भएको कल्खे खण्डको रोड निकै सन्तोषजनक रुपमा खनिएको अदानचुली –१ का वडा अध्यक्ष रग्या थापाले जानकारी दिए । हाम्रो वडा सडक सञ्जालबाट जोडिदैन की भन्ने स्थानीय नागरिकलाई लागेको थियो हामीले सडक पु¥याउँछौं भन्दा विश्वाश गरेका थिएनन् उनले भने, तर अहिले थलोहाल्नादेखि खनिएको ट्रयाक देखेपछि कल्खेका नागरिक निकै हर्षित देखिएका छन् ।
गाउँपालिकाले उक्त सडक आयोजनाको ट्रयाक खोल्ने जिम्मा रलिङ सप्लायर्स एण्ड कन्ट्रक्सन प्रालिलाई दिइएको गाउँपालिका स्रोतले जनाएको छ ।
अध्यक्ष फडेराद्धारा निर्माणाधिन सडकको अनुगमन
गाउँपालिकाको गौरवको आयोजनाका रुपमा निमार्णधिन सडकको गाउँपालिका अध्यक्ष दल फडेराले अनुगमन गरेका छन् ।
मदन भण्डारी लोक मार्गको लौठी–कालागार्ड सडक खण्ड र थलोहाल्ना–कल्खे सडक खण्डको निर्माणापधन अवस्थाका बारेमा स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा लौठी स्थीत पाण्डे मेडिकल नजिक रहेको जिरो पोइन्टदेखि काँख्या ज्युलासम्मको १ हजार ६ सय मिटर मध्ये करिब ३ सय मिटर कडा चट्टान मात्र काट्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकरी दिए । जिम्मा लिएका ठेकदार कम्पनीको जेसीबीले निरन्तर खनेकाले उक्त चट्टान पनि अब धेरै दिन नलाग्ने दावी गरेका अध्यक्ष फडेराले वडा नम्बर १ को कार्यालयसम्म लिनको लागि निमार्णय कार्य सुरु गरेर झण्डै ८ सय मिटिर भन्दा बढी ट्रयाक खोल्ने काम भएको भएको बताए ।
अनुगमनका क्रममा सडकको तलमाथी ढुंगा उत्खनन् गर्नेहरुले सडक बिगारेको प्रति आप्पती जनाउँदै उनले ढुंगा निकालेर सडक बिगारे जस्ताको तस्तै बनाउन लगाउने दावी गरे ।