सिमकोट । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यन्न संकट पर्न सक्ने भन्दै जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र डिसिसिएमसीले आजदेखि खाद्यन्न र निर्माण सामाग्री ढुवानी गर्न दिने निर्णय गरेको छ ।
केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठलले उक्त निर्णय गरेको छ ।
जिल्लामा उडान भर्दै आएका तीनवटै निजि विमान कम्पनी सिता एयर, तारा एयर र समिट एयरका प्रतिनिधि सहितको बैठकले यस्तो निर्णय गरेको हो । गएको सोमाबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुहरु मध्ये एण्टीजेन परिक्षण गरिएका ८ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सँम्पर्क बिच्छेद गर्न २२ गते राती १२ बजे देखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञ गरिएको थियो भने सुर्खेत नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो ।
हरेक दिन बढ्दो संक्रमणको अवस्थालाई हेर्दा पछि स्थिती भयावह हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जिल्लामा खाद्यन्न संकट हुन नदिन हवाई उडान सूचारु गर्ने निर्णय गरेको प्रजिअ आचार्यले बताए ।
‘संक्रमण हुन नदिन प्रचलित मापदण्ड अपनाएर खाद्यन्न, दैनिक उपभोग्य सामाग्री र निर्माण सामाग्री ल्याउने गरेर उडान भर्न दिने निर्णय भएको छ,’ उनले भने, विमान कम्पनीले ढुवानी गरेर ल्याएका सबै सामाग्रीहरु विमानस्थल भन्दा बाहिर ल्याउन पाइदैन् ।’
एयरलाइन्सद्धारा ढुवानी गरेर ल्याएका सामग्रिहरु वैशाख २८ गते पछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा लिन दिने निर्णय बैठकले गरेको छ । निजि विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यन्न, निर्माण सामाग्री र दैनिक उपभोग्य सामाग्री अपलोड गर्न लोडरले अनिवार्य पिपिसेट लगाउनु पर्ने बताइएको छ ।
सिता एयरका तिन उडान
निषेधाज्ञ जारी भएपछि गएको तीन दिनदेखि बन्द रहेका हवाई जहाजले डिसिसिएमसीको निर्णय पछि निजि विमान कम्पनी सिता एयरले तीन उडान भरेको छ ।
जिल्लामा खान्यन्न, निर्माण सामाग्री र दैनिक उपभोग्य सामाग्री ल्याउन उडान अनुमती दिएसँगै सिता एयरले सुर्खेत र नेपालगञ्जबाट नेपाल खाद्यको चामल ल्याएर उक्त उडान भरेको सिता एयर हुम्लाका स्टेशन इन्चार्ज छेपाल लामाले जानकारी दिए ।
‘डिसिसिएमसीको निर्णय पश्चात सुर्खेतबाट एक र नेपालगञ्जबाट २ उडानबाट एक सय ४५ बोरा चामल ढुवानी गरेर ल्याएको हो’ लामाले नेपालवोटलाई भने, अब निर्धारित मापदण्ड अपनाएर नियमित खाद्यन्न ढुवानी गर्ने काम सूचारु हुन्छ ।’
निर्णयका बारेमा जानकारी दिदैं जिल्ला कोभिड व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य