पुस १५, सिमकोट । आफूले आँगनमै गाडी गुडेको हेर्ने दिन कुरेको वर्षौ बितेको बताउने खार्पुनाथ गाउँपालिका ५ की ४५ वर्षिय पुस्पा शाहीको शनिबार जीवनको सबैभन्दा उपलब्धी हातेपरेको भन्दै निकै खुशी मुडमा देखिइन् ।
राष्ट्रिय सडक सञ्जालमा समाहित नभएको विकट दुर्गम हिमाली जिल्ला हुम्ला सदरमुकाम सिमकोट देखि शुरु भएको कर्णाली कोरिडोरकाको ट्रयाक खोलेसँगै गाडी आप्mनै आँगनमा गुडेको देखेपछि पुष्पासँगै प्राय यांचुवासीले निकै खुशी व्यक्त गरे ।
गएको एक दशकदेखि गाडी आउने कुरा सुेपछ गाडी आँगनमा कहिल्यै नदेखेकी पुष्पाले पाहिलो पटक आप्mनै घरमा अघि गाडी पुगेको देखेपछि हातमा दुवो लिएर गाडीका चालकलाई भगवान जस्तै पुज्दै भनिन्, “तुमी (तपाई) त देउता (देवता) भयौ, जल्ले (जसले) वर्षौको गाडी हेर्ने सपन पुरा गरिदियौं ।”
कर्णाली करिडोरको सडक खण्ड अन्र्तगत खार्पुनाथ मन्दिर देखि याँक्चु सम्मको ट्रयाक खुलेर पहिलो पटक आँगनमा गाडी गुडेको दसखेपछि पुष्पाजस्तै यांचुका स्थानीय वासिन्दा निकै खुशी भएका हुन् ।
“घर बाहिर निस्कने बित्तिकै नजिकै देखिने सदरमुकाम सिमकोट पुग्न ४ घण्टा पैदल हिड्नु पर्ने पर्नेमा अब गाडी चढेर एकै घण्टामा पुग्न सकिने भयो ।” यांचुका स्थानीय कुम्मेर शाहीले खुशी व्यक्तगर्दै भने, नेपालगञ्ज, काठमाडौं पुग्न नपाएपनि अब सदरमुकामसम्म त गाडी चढे जान पाउने भयौं ।”
ट्रया सँगै घरमा गाडी पुगेपछि वृद्धवृद्धा, बिरामीलाई सिमकोटमा भएको जिल्ला अस्पताल लिन सहज हुने भयो भन्दै स्थानीय निकै खुशी भएका छन् । निकै लामो समयको पर्खाई पछि आँगनमा पुगेको गाडीले सदरमुकाम सिमकोट आउजाउ गर्न र सामान ओसार पसारमा मात्रै पनि निकै ठूलो राहत मिल्ले भयो भन्दै स्थानीय प्रफाल्लीत भएका हुन् ।
“सिमकोट जाँदा पिठ्युको भारीले अब छुटकारा पाउने भयो ।” खार्पुनाथ ५ कै धने कामीले भनिन्, “अब बिरामीले अकालमा बाटोमै ज्यान गुमाउनु पनि नपर्ने भयो ।”
कर्णाली करिडोर अन्तरगतको ट्रयाक खोल्ने कामले आफ्नो गाउँपालिमा गाडी पुगेपछि त्यसले गाउँपालिकाका आन्तरिक सडक मार्ग निर्माणमा कार्यमा लाग्ने योजना खार्पुनाथ गाउँपालिकाले अघि सारेको छ ।
अब गाउँपालिकाको केन्द्र यांचुमा गाडी पुग्यो खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले भने, “त्यहाँ –यांचु) बाट हाम्रा सबै वडामा पुग्ने सहायक सडक निर्माणको कार्यमा अब गाउँपालिका लाग्छ ।”
खार्पुनाथ मन्दिरबाट शुरु गरिएको सडक खन्ने काम याङ्चु बगरसम्म सकिएसँग्ै गाडी समेत पुगेपछि स्थानीय बासिन्दालाई सिमकोटसम्म आवत–जावत गराउने नियमित यातायात सेवा नै सञ्चालन गर्ने खार्पुनाथ यातायात हुम्लाले बताएको छ । गएको वर्ष सदरमुकाम सिमकोट देखि खार्पुनाथ दोभानसम्म १२ किलोमिटर ट्रयाक खोल्ने काम पुरा भएसँग खार्पूनाथ यातायातका नाममा एक दर्जन सवारी साधनले स्थानीय यात्रुलाई बोक्दै आएको बताएका खार्पुनाथ यातायातका अध्यक्ष लोकजङ शाहीले अब यांचु देखि सिमकोटसम्म सवारी साधन सञ्चालन गर्ने बताए ।
कर्णाली कोरीडोर अन्तरगत खार्पुनाथ देखि छारे सम्मको २२ किलो मिटर मध्ये यांचुसम्मको ४ किलोमिटर काम पुरा भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख इन्जिनीयर शशांक मिश्रले बताए । उनका अनुशार आगामी असार मसान्तसम्म २२ किलोमिटर ट्रयाक खन्ने काम पुरा हुनेछ ।