सिमकोट । दोस्रो चरणको कोरोनाको संक्रमितको संख्या डेढ दर्जन पुगेपछि हिमाली जिल्ला हुम्लाका स्थानीय तहले संक्रमणलाई फैलन नदिन विभिन्न तयारी थालेका छन् ।
सदरमुकाम सिमकोटमा हरेक दिन संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाका सबै तहले प्रतिकार्यको तयारी थालेका हुन् । जिल्ला बाहिरबाट आउनेहरुका कारण जिल्लामा संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका सात वटै स्थानीय तहले आप्mनो तयारीको कामलाई अघि बढाएका हुन् ।
जिल्लाका प्रायः स्थानीय तहले हैलथ डेक्स स्थापनालाई सबैले पालना गरेका जिल्लाका स्थानीय तहले संक्रमणको दर बढे उपचारमा स्थानीय तहले प्रयोग गरेका सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रायोग गर्ने देखि आफैले चिकित्सक नियुक्त गर्नेसम्मका काम गरेका छन् । जिल्लाको सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिका बाहेक अन्य चारवटा स्थानीय तहले आइसुलेसन र संक्रमितको परिक्षणको काम शुरु गर्न सकेका छैनन् । यि बाहेकका अन्य पालिकाले आप्mनो क्षेत्रमा संक्रमितको संकेत देखिएको खण्डमा मात्रै त्यस्ता कामलाई शुरु गर्ने संकेत गरे । सात वटा स्थानीय तह भएको हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणलाई थप फैलन नदिन र संक्रमितलाई उपचार गर्न भएका पहलका बारेमा यहाँ प्रस्तुत गरिएको छः
ताँजकोटले आफै किन्यो ५०० एन्टिजेन किट
सुदूरपश्चिम प्रदेशको बाजुरासँग सिमा जोडिएको ताँजाकोट गउँपालिकाले हुम्ला प्रवेश गर्ने मुख्य नाका कवाडीमा दुईजना स्वास्थ्यकर्मी सहितको हेस्थ डेस्क राखिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । गाउँपालिकाले तत्काल आइसोलेसनका तयारी गर्न बेड बनाउन सामान खरिद प्रक्रिया अघि बढाएको उल्लेख गरेका ढकालले गाउँपालिकामा भित्रीएका नागरीकहरुको कोरोना परिक्षण गर्न गाउँपालिकाले पाँच सयवटा एन्टिजेन किट खरिद गरेको बताए ।
एन्टिजेन किट सुर्खेतमा खरिद गरेर गाउँपालिकामा पुग्ने बित्तिकै सोमबार देखि बिरामीलाई पहिलो प्राथमिकता दिएर परिक्षण गर्न शुरु गर्ने ताँजकोटमा अध्यक्ष बागदल मल्लले बताए । ‘गाउँपालिकामा केही संख्यामा बिरामी देखा परेका छन्’ मल्लले भने, ‘हरेक वडामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लिएर बिरामीहरुको एकिन गर्ने काम भएका छ । अब एन्टिजेन किट पुग्ने बित्तिकै परिक्षण गरेर आवश्यक उपचारको व्यवस्था गर्छौ ।’
अदानचुलीले गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाउने
बाहिर जिल्ला र गाउँपालिकाबाट आउने मुख्य मार्गका दुईवटा स्थानमा हेल्थ डेस्क राखेको अदानचुलीले पदाधिकारीलाई प्रयोग गर्न खरिद गरेको गाडी र मोटरसाइकललाई बिरामीसार्ने एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अदानचुलीले संक्रमितको संख्या बढेर अवस्था जटिल भएमा प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिन आप्mनो पालिकामा भएका सबै सवारीका साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
‘हामीले एक महेन्द्रा स्कार्पीओ गाडी र केही मोटरसाइकल समेत खरिद गरेर आन्तरिक प्रयोजनका काममा लगाएका छौं’ फडेराले भने, कथमकदाचित संक्रमितको संख्या बढेर उपचार गर्न समस्या भएमा तिनै सवारी साधनलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने तयारी समेत गरेका छौं ।’
केन्द्रको निर्णय अनुसार जिल्ला बाहिरबाट आएका नागरीकलाई होमआइसोलेसनमा बस्ने निर्णय गरेको उल्लेख गरेका फडेराले पालिकाका ६ वटै वडामा स्वास्थ्यकर्मी सहितको टोली पठाएको बताए । अदानचुली–१ को भिइघाट र वडा नम्बर ३ को इप्लामा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क स्थापना गरेको अदानचुलीले केही दिनमै एन्टिजेन किटको व्यवस्था गरेर परिक्षणको दायरा फराकिलो पार्ने योजना बनाएको छ ।
गाउँपालिका भित्रमा संmक्रमितको संख्या नदेखिएकाले तत्काल आइसुलेसनको व्यवस्थालाई बिस्तारै अघि सार्ने योजना बनाएको उल्लेख गरेका अध्यक्ष फडेराले सबै वस्तीमा स्वास्थ्यकर्मीहरुलाई परिचलान गरेको प्रतिक्रिया दिए ।
सर्केगाडका हरेक वडामा ५ शैयाको आइसुलेशन
तुम्चमा हेल्थडेस्क सहित स्वास्थ्यकर्मी खटाएको बताएको सर्केगाडले बाहिरबाट आउने नागरिकलाई थर्मोगनबाट तापक्रम र सामान्य स्वास्थ्य परिक्षण गर्ने गरेको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । संभावित संक्रमणलाई ध्यानमा राखेर प्रत्येक वडामा पाँच वटा शेस्याको र गाउँपालिकाको केन्द्र सर्केगाडमा १५ शैयाको आइसुलेसन निर्माण गर्ने कामलाई शुरु गरेको बताएका अध्यक्ष रोकायाले नेपालवोटसँग भने, ‘आठवटै वडाका आइसुलेशनका लागि हामीले आवश्यक सामाग्री खरीद प्रक्रियालाई अघि बढाएका छौं ।’
अहिले आप्mनो पालिकामा संक्रमितको संख्या सुन्य छ’ अध्यक्ष रोकायाले भने, ‘ तरपनि संभावित जोखिमलाई ध्यानमा राखेर हामीले स्वास्थ्यकर्मी खटाउने र अन्य व्यवस्थाको काम शुरु गरेका हौं ।’ सर्केगाडले गाउँपालिका भित्रका नागरिकको कोरोना परिक्षणका लागि आप्mनैतर्फबाट एन्टिजेन किट खरिदको प्रक्रिया समेत थालेको उल्लेख गरेको छ ।
मिमि स्वास्थ्य चौकीलाई आइसुलेशन बनाउँदैं चंखेली
मुगुसँग सडक सञ्जालले जीडएको चैखेली गाउँपालिकाले मिमि स्वास्थ्य चौंकीलाई आइसुलेसनका रुपमा निर्माण गर्ने गर्ने तयारी थालेको छ । गाउँपालिकाले सलिसल्ला र बोहोराबाडामा राखेका हेल्थ डेक्सको रिर्पोट अनुसार ३ सय भन्दा बढी व्यक्ती जिल्ला बाहिरबाट गाउँपालिका प्रवेश गरेको उल्लेख गरेका पालिका अध्यक्ष धनलाल चौलागाईले कोरोना परिक्षण अघि नैं संक्रमण पुष्टी भएका नागरिकलाई छुट्टै राख्न गाउँबाट केही टाढा रहेको मिमी स्वास्थ्य चौकीको भवनलाई आइसुलेसन केन्द्रका रुपमा तयारी गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको जानकारी दिए ।
गाउँपालिकाका सबै वडाका अध्यक्ष र सदस्यलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक सचेतना जगाउने र बिरामीको संख्या एकिन गर्ने जिम्मा दिएर खटाएको उल्लखे गरेका अध्यष चौलागाईले स्वास्थ्यकर्मीको अभावलाई पूर्ति गर्न अध्ययन गरेर घरमै बसेका स्वास्थ्यकर्मीलाई पनि खटाउने योजना पालिकाले अघि सारेको उल्लेख गरे ।
गाउँपालिकामा ६ दर्जन भन्दा बढी विभिन्न बिरामीको संख्या भएपनि उनिहरुमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्ने पालिकाकै खर्चमा ऐन्टिजेन खरिद प्रक्रिया अघि सारेको बताउँदै चौलागाईले त्यसको परिक्षण गर्ने तरिका सिक्न २ जना स्वास्थ्यकर्मी सिमकोट पठाएको जानकारी दिए ।
छिप्रामा खार्पुनाथको ५ शैयाको आइसुलेशन
खार्पुनथा गाउँपालिकाले छिप्राको स्वास्थ्य चौकीमा ५ शैयाको आइसुलेशन तयारी अवास्था राखेको जनाएको छ ।
सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथका स्थानीयमा चार जनामा संक्रमण पुष्टि भएर जनस्वास्थ्य कार्यालयको प्रत्यक्ष निगरानीमा रहेकाले थप संक्रमण बढ्ने डरले शुरु मै ५ शैयाको आइसुलेशन तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
जिल्लाका मध्ये तथा दक्षिण क्षेत्रका स्थानीय तहलाई जोड्ने मुख्य बाटोमै पर्ने खार्पुनाथले मुल बाटोमा स्वास्थ्यकर्मी सहितका हेल्थ डेक्स राखेर नियाित विवरण संकलन गर्ने र प्रारम्भीक स्वास्थ्य परिक्षण गर्ने गरेको अध्यक्ष रावलले बताए । ‘हामी अवस्थालाई मध्येनजर गरेर आइसुलेशन थप्ने काम गर्छौ’ अध्यक्ष रावलले भने, ‘अहिले तत्काल कोरोना परिक्षणको दायरा पराकिलो गर्न एन्टिजेन किटको खरिद प्रक्रिया अघि बढाउने छौं ।’
नाम्खाको नयाँ अभियान, चिकित्सक सहित स्वास्थ्य शिविर
सरकारको नीति अनुसार गाउँपालिकाले चिकित्सक नियुक्त गरेको नाम्खा गाउँपालिकाले लिमि बाहेकका सबै वस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताइएको छ । औषधी सहितको स्वास्थ्य शिविर सञ्चालन गरेर सकाएको नाम्खाले पालिकाका तीन स्थानमा हेल्थडेक्स स्थापना गरेको नाम्खाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।
हेप्का खोला, केर्मी र खगालगाउँ जानेबाटोमा हेल्थ डेस्क स्थापना गरेका छौं भने गाउँपालिका केन्द्र याल्वाङमा रहेको सामुदायिक भवनमा आइसोलेन बेड बनाउने तयारी भएको छ’ न्यौपानेले भने, ‘कोरोना संक्रमण देखि अन्य स्वास्थ्यलाई मध्येनजर गरेर हामीले चिकित्सक नैं नियुक्त गरेकाले हामीले कुनै वस्तीमा स्वास्थ्य समस्या देखा पर्नेबित्तिकै चिकित्सकिय सेवा दिन कुनै समस्या छैन् ।’ नाम्खा उनका अनुसार चिकित्सक नियुक्त गर्ने जिल्लाको पहिलो पालिका हो ।
सिमकोटमा ११ शैयाको आइसुलेशन सञ्चालनमा
जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले गत वर्षका ११ शैयाको आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याएको छ । दोस्रो चरणको युके र इन्डियान भेरिएन्टको कोरोना संक्रमण अनपेक्षित बढ्दै गएपछि संक्रमितकने संख्या बढ्ने अपेक्षा सहित सिमकोटले आइसुलेशन सेन्टर निर्माणको कामलाई प्राथमिकता दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।
‘काठमाडौं, सुर्खेत, बाँकेलगायतका शहरमा पूर्ण निषेधाज्ञ जारी भएपछि विभिन्न कामले गएका जिल्लाका नागरिक हवाई माध्यमबाट आउनेको संख्या बढेपछि उनीहरुको विमानस्थलमै एन्टिजेन किटबाट कोरोना परिक्षण गर्ने काम गर्यो’ गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले भने, ‘जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जनस्वास्थ्य केन्द्रसँग मिलेर आवश्यक तयारी गर्ने काम भैरहेका छ ।’
हवाई मार्गबाट सिमकोट भएर आउने यात्रुहरुका कारण संक्रमण बढेको उल्लेख गरेका अध्यष लामाले गाउँपालिकाका आठ वटै वडामा समेत संक्रमण फैलन नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई परिचलन गर्ने काम भैरहेको उल्लेख गरे ।
गाउँपालिकाका सबै वस्तीमा नमुना परिक्षणका रुपमा कोरोना टेष्ट गर्न पाँच सय एन्टिजेन किट खरिदका लागि प्रत्रmिया अघि बढाएको जानकारी दिदैं अध्यक्ष लामाले किट पुग्ने बित्तिकै परिक्षणको दायरालाई बढाउने प्रतिवद्धता व्यक्त गरे ।
२५ शैयाको आइसुलेशन तयार पार्दै डिसिसिएमसी
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले अक्सीजन सहितको २५ शैयाको आइसुलेशन केन्द्र निर्माणको काम थालेको छ । जिल्लामा १६ जना कोरोना संक्रमित भएको र केही थििपने क्रम बढेको भन्दै डिसिसिएमसीले थप १५ शैयाको आइसुलेशन थप्ने तयारी गरेको डिसिसिएमसीका सदस्य सचिव समेत रहेका स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख पे्रमबहादुर सिहंले जानकारी दिए ।
‘६० युनिटका तीनवटा अक्सिजन रहेको जिल्ला अस्पतालमा चालीस युनिटका दुई वटा अक्सीजन प्लान्ट थप्न प्रत्रmिया अघि बढाएको छौं’ सिंहले भने, ‘स्वास्थ्य सेवा कार्यालयमा संभावित संक्रमितलाई राखेर उपचार गर्ने गरी तयारीको काम तिब्र पारेका छौं ।’
केरोना परिक्षणको दायरालाई बिस्तारै बढाउँदै लगेको बताएका सिंहले अहिले स्वास्थ्य सेवा कार्यालयसँग अहिले एक हजार दुई सय भिटियम रहेको र केही भिटियम परिक्षणका लागि सञ्चालनमा आएको जानकारी दिए । उनले ६ सय वटा एन्टिजेन किट समेत जगेडा राखिएको बताए।
पछिल्लो समय सोमबार १२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ जनाको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ पुगेको हुम्लामा संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । जिल्लाका प्राय सबै वस्तीमा बिरामीको संख्या बढेको खबर प्राप्त भएको उल्लेख गर्नुभएका अधिकारी आचार्यले जिल्लाका सातवटै स्थानीय तहलाई परिक्षणको कार्यको थालनी गर्न आग्रह गरिसकेको जानकारी प्रजिअ आचार्यले दिए ।
मौशमी प्mलु र कोरोना संक्रमणको डरले जिल्ला स्वास्थ्यको चिकित्सकसहितको टोलीलाई गाउँमा पठाउन तयारी भैरहेको उल्लेख गरेका प्रजिअ आचार्यले जिल्लाभर निषेधाज्ञ कडाईका साथ कार्यान्वष्न भएको र जिल्ला प्रवेश गर्ने मुख्य नाकामाथप कडाई गरेको र आएका यात्रुहरुलाई टेलिफोनबाट ट्रेसिङ गर्ने काम भएको उल्लेख गरे ।