हुम्ला । बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाले बुधबार र बिहबिार गरेको एन्टिजेन परिक्षणका क्रममा १३ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए ।
‘हिजो (बुधबार) देखि स्वास्थ्यकर्मीका दुई वटा टोली बनाएर ४६ जनामा गरिएको परिक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ’ संयोजक स्यांकुले भने, ‘गाउँमा गएका टोलीले परिक्षण गर्ने क्रम जारी नै रहेकाले बिहिबार वेलुकासम्म्म अँझै बढ्ने देखिन्छ ।’
संक्रमित हुनेमा सबैभन्दा बढी वडा नम्बर ४ का १० जना छन् । त्यसैगरी वडानम्बर ५ मा ४ जना, १ मा २ जना र वढानम्बर ३ मा २ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य शााखाले जनाएको छ । लामो समयदेखि घरमै बिरामी परेकाहरुमा अधिकांशमा संक्रमण पष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए ।
केही अघि मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले अक्सीजनको मात्रा चेक गर्दा ९२ भन्दा तल अक्सीजनको लेवल भएका चारजना मध्ये ३ जनामा संक्रमण पुष्टि भएको छ । ताँजकोट–का १ जनाको रिर्पोट भने नेगेछिभ आएको बताइएको छ ।
परिक्षण गर्न चार टोली परिचालन
हरेक वडामा बिरामीको संख्या देखिएपछि आफैले एन्टिजेन किट खरिद गरेर बुधबारबाट परिक्षण शुरु गरेको ताँजकोट गाउँपालिकाले संक्रमितको संख्या अनपेक्षित रुपमा पुष्टी हुन थालेपछि स्वास्थ्यकर्मीको चार वटा टिम परिचालन गरेको छ ।
बुधबार दुई समुहमा स्वास्थ्यकर्मी परिचलान गरेको गाउँपालिकाले आज बिहानै देखि विभिन्न वस्तीमा पुगेर परिक्षण गर्न चार वटा टोली परिचलान गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकलुले जानकारी दिए ।
गाउँपािलकामा थुप्रै वस्ती भएकाले दुई वटा टोलीबाट परिक्षण गर्दा ढिला हुने देखिएपछि चार समुहमा स्वास्थ्यकर्मी परिचालन गरेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए । संक्रमणको दर निकै बढि देखिएपछि हामीले सबै वस्तीहरुलाई परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समुह परिचलान गरेको हौं’ अध्यक्ष मल्लले नेपालवोटसँग भने, ‘परिक्षणबाट संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।’
परिक्षणमा संक्रमण पुष्टि हुनेको संख्या अनपेक्षित रुपमा बढेपछि पालिकाले सम्बन्धित संक्रमितकै घरमा आइसुलेशन बनाएर राख्न शुरु गरेको हो । मैला स्वास्थ्य चौकीमा तयार पारेको ५ शैयाको आइसुलेशनले मात्र अपुग हुने भएपछि गम्भीर लक्षण देखिएका बाहेक अन्यलाई घरमै राख्न हुरु गरेको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए ।
रामा गाउँमा परिक्षण गर्न इन्कार
संक्रमणको संभवना भएको ताँजकोट–३ को रामागाउँका स्थानीयले एन्टिजेन परिक्षण गर्न इन्कार गरेका छन् । आफूमा संक्रमणको संका मान्दै गाउँपालिकाबाट खटिएको स्वास्थ्यकर्मीको टोलीलाई परिक्षण गर्न नदिएको बताइएको छ ।
अन्य गाउँभन्दा रामामा बरामीको संख्या बढि भएपछि हामीले स्वास्थ्यकर्मीलाई पठाएका थियौ तर स्थानीयले परिक्षण गर्न इन्कार गरेपछि स्वास्थ्यकर्मी गाउँबाट फर्केको स्वास्थ्य संयोजक स्यांकुले बताए ।
गाउँमा गम्भीर बिरामी भएका एकजनामा परिक्षण गर्दै संक्रमण पुष्टि भएपछि अन्यले परिक्षण गर्न इन्कार गरेको बताइएको छ ।