सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायीक अस्पतालमा आधारभूत ल्याब सेवा सुचारु भएको छ । गएको कार्तिक महिना स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा आएको हो । ल्याव सञ्चालनमा आएपछि सानो समस्यामा पनि जिल्ला अस्पतालमा धाउनु पर्ने जिल्ला सदरमुकाम सिमकोटसँगै जोडिएको खार्पुनाथका बिरामीलाई सहज हुने बताइएको छ ।
विगतका वर्षहरुमा सामान्य विरामीहरुका लागि खार्पुनाथ गाउँपालिकाका नागरिकहरु सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा धाउनु पथ्र्यो तर अव गाउँपालिकामा ल्याव सञ्चालनमा आएपछि खार्पुनाथका स्थानीयलाई स्थानीय स्तरबाटै सेवा प्रभाह हुने भएको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक वलिराज शाहीले जानकारी दिए ।
‘गााउँपालिकाको स्वास्थ्य शाखामा बुधबारदेखि ल्याब जडान गरेपछि अब गाउँपालिकाका नागरिकहरुलाई सहज हुने भयो’ संयनेजक शाहीले भने, ‘गाउँपालिकामा बायोक्यास्ट्रि टेष्ट, हेमोलोजिकल, सरोलोजिकल लगायतका परिक्षण गर्न सकिन्छ ।’ पलिकाको ल्यावमा अब टाइफाइड, दिसापिसा, ब्लड सुगर, किनड्ी फोनसन, युरिकएसिड, रुघाखोकी, निमोनिया लगायतका रोगहरुको परिक्षण गर्ने मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको स्वास्थ्य संयोजक शाहीले जानकारी दिए ।
शाहीका अनुसार गाउँपालिकाको केन्द्र याङचु बजारमा स्थापना गरिएको ल्याबलाई गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष रुपा शाहीले संयुक्त रुपमा उद्घाटन गरे । सदरमुकाम सिमकोटसंग जोडिएको खार्पुनाथ गाउँपालिकामा अवदेखि जटिल खाले विरामी बाहेक अन्य कुनै पनि विरामीहरुलाई रिफर गर्नु नपर्ने स्वास्थ्य संयोजक शाहीको भनाई छ ।