पुस २२, सिमकोट । आगलागीले चंखेली गाउँपालिका २ मेखाला गाउँको औलका १३ खरक जलेर नष्ट भएका छन् ।
गोठालो गएका वालवालिकाहरुले बालेको आगो सल्केर मेखालाको औलमा भएका खरले छाएका उक्त खबर पूर्ण रुपमा जलेर नष्ट भएको मेखालाका स्थानीय धनबहादुर ऐडीले जानकारी दिए ।
शनिबार वेलुका लागेको आगोले खर्कमा राखिएका खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको स्थानीय पिप्लाङ प््हरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
शनिबार वेलुका (हिजो) लागेको आगोले गाईवस्तुलाई हिउँदमा खानका लाग भण्डारण गरेर राखिएको घाँस समेत जलेर नष्ट भएको स्थानीय गोपाल ऐडीले जानकारी दिए । उनका अनुसार गाईवस्तु र खर्कमा बस्ने ग्वाला सबै वनमा गएको वेला आगलागी भएकाले कुनै मानविय र चौपायाको क्षती भने भएको छैन् ।
आगलागी भएको स्थान गाउँ देखि निकै टाढा भएकाले आगो नियन्त्रण गर्ने मानिसका कमीले आफै निभेको स्थानीय पालसरी तामाङले बताइन् । आगलागीले पुस, माघ र फागुन महिनासम्म पशुवस्तुलाई पुस, माघ र फागुनसम्मका लागि भनेर भण्डारण गरि राखिएको सबै घाँस जलेर नष्ट भएपछि अब के खुवाउने भन्ने समस्या भएको छ ।
आगलागीबाट धन बहादुर ऐडी, ज्ञाने तामाङ, गोपाल ऐडी, पाल्सरी तामाङलगायत १३ जानको खरले छाएका खर्क र घाँसका खात सबै जलेर नष्ट भएका छन् ।