सिमकोट । कोरोना कहरसँग लड्न जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने आधार विकास नेपाल जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) हुम्लालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छ ।
जिल्लालाई कोरोना कहरसँग लड्न तीन लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । यनका अनुसार जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा रहने गरेर उक्त सामाग्री हस्तान्तण गरेको हो । जिल्ला अस्पताल र रानीवन क्वारिन्टीनलाई प्रयोग हुने गरेर ३ लाख १८ हजार ९ सय रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको आधार विकास नेपालका शिक्षा संयोजक कुञ्जोक लामाले जानकारी दिए ।
जिल्लाभर कोरोना संक्रमितहरुको संख्या बढिरहेको बेला डिसिसिएमसीलाई एक अक्सिजन कन्र्सनटे«टर, पाँच सय केएन–९५ मास्क, छ हजार सर्जिकल मास्क , ९६ बोत्तल स्यनीटाइज, छ सय वटा सर्जिकल गोलोब्स, १० वटा पिपिइ सेट, पाँच जोर बुट, ३० वटा फेससिल्ड हस्तान्तरण गरिएको छ । यसैगरी एक सय लिटर पेट्रोल, एक सय पाँच लिटर पनि हस्तान्तरण गरेको आधार विकास नेपाल हुम्लाले जनाएको छ ।
जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उक्त गैर सरकारी संस्थाले जिल्लाभरका कोरोना संक्रमितकहरुलाई उपचारका लागि ल्याउने जिल्ला अस्पताललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
वैशाख १८ गतेदेखि कोरोना संक्रमण परिक्षण हुरु भएको हुम्लामा अहिलेसम्म एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।