पुस २३, सिमकोट । आइतबार राती आठ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।
हिमपातले सदरमुकाम सिमकोट देखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । गएको तिन दिन देखि बादललाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार राती देखि निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोट भन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिट सम्म हिउँ जमेको बताइएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । हिजो राती देखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा जाडो निकै बढेको छ ।
यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चिनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए । उनका अनुशार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ ।
“हिउँले लिमि, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” लामाले भने, “हिजो वेलुका देखि निरन्तर रुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन् ।” हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।
मंसीर महिना शुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्याधिक बढ्नुका साथै तापक्रम माइनस १० नाघेको जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी रविन श्रेष्ठले जानकारी दिए । उनका अनुशार यो पटकपरेकको हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेपनि अत्याधि चिसोले जनजीवन भने निकै प्रभावीत बनाएको छ । हिमपातले बढेको जाडोले जिल्लाका सुरक्षाकर्र्मीलाई ड्युटी गर्नमा समेत समस्या भएो जिल्ला प्रहरी ककार्यालय हुम्लाले जनाएको छ ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुशी
लामो समयको खडेरी पश्चात आज परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुशी भएका छन् ।
पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्यांग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चंखेली र सर्केगाढका स्थानीय खुशी भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेमा दुख मनाउ गरेका कृषकलाई यो हिमपातले खुशी बनाएको बताएका अदानचुली गाउँपालिका १ का प्रीमे महतराका अनुशार यो पटकको हिमपातले बारीको हगुँ अब उम्रीने छ ।
हिउँ सँगै परेको पानीले जिल्लाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको अदानचुली ५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिए । पानी नपरेको बताएका शिक्षक शाहीले भने “पानी त निकै कम परेको छ तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।”