पुस २८, सल्यान । सल्यान प्रहरीले बरामत गरेको अबैध घरेलुमदिरा नष्ट गरेकोछ ।
शारदा नगरपालिका वडा नम्बर १,१२ र१५ बाट बिभिन्नसमयमा नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने औषधि नष्ट गरेको हो ।
बरामद गरिएको ५० लिटर मदिरा, २ हजार लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने १७ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय सितलपाटीका प्रहरी नायव निरिक्षक भागीरथ चन्दले बताए । उनका अनुशार प्रहरीले मदिरा बनाउन प्रयोग गरिएका केहीथान भाँडाहरुपनि बरामद गरेको छ ।
मदिरासेवन कै कारण समाजमा हिंसा, बलात्कार, चोरीडकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई नियन्त्रण गर्न मदिरा नियन्त्रण गरी बरामद गरिएको सल्यान प्रहरीले जनाएको छ । अबैध मदिरालाई प्रहरी, शारदा नगरपालिका १ का वडाअध्यक्ष नबराज बुढाथोकी, उद्योग बाणिज्य संघसल्यानका अध्यक्ष वीरबहादुर चलाउने, निबर्तमान अध्यक्ष सुधन श्रेष्ठ, श्रीनगर बजार ब्यबस्थापन समितीका अध्यक्ष सुरेन्द्र बुढा लगाएत, उद्योगी, व्यापारी, बुद्धिजीवीहरुको रोहवरमा ईलाकाप्रहरी कार्यालय सितलपाटीले नस्ट गरेको हो ।