जुम्ला । घाँटीकनो क्यान्सर भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिलकल वार्डमा उपचार गराई रहेका अदानचुली–३ का अखिल दमाईले आफूलाई बचाउन याचना गरेका छन् ।
घाँटीमा स्वास्थ्य समस्या आएपछि तीन दिनको पैदल हिडेर जुम्ला स्थित प्रतिष्ठानमा पुगेका अखिलले उपचार गर्न घरको आर्थिक अवस्थाले नपुग्ने भएपछि आफूलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डको २० नम्बर बेडमा उपचार गराइरहेको अखिललाई थप उपचार गर्न चिनवन वा काठमाडौं रिफर गरिएपनि एम्बुलेन्स भाडा नै नभएपछि आप्mनो बाँच्ने रहर पुरा गरिदिन आग्रह गरेका छन् ।
‘म उपचार गरेर घर पुगेपछि कक्षा ६ को वार्षिक परिक्षा दिन्छु भनेर विदा माँगेर आएको हुँ’ आँखाबाट आँशु झार्दै अखिलले भने, ‘मलाई क्यान्सर भएको भन्दै डाक्टर सरले भन्नुभयो । त्यसको उपचार गर्न सात लाख भन्दा बढी लाग्छ रे । वुवासँग गाडीको भाडा समेत छैन् । कसैले सहयोग गरे मलाई बाँच्न मन छ ।’
आफूलाई बाँचेर पढाई पुरा गर्ने बताएका बालक अखिलले थप उपचारका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन् । ‘मेरा त कोही पनि आफन्त छैनन् । वुवासँग त्यत्रो पैशा छैन् । कोही सहयोगी हुनुहुन्छ भने आप्mनै भाई छोरा सम्झेर सहयोग गरिदिनुभएमा मेरो ज्यान बच्ने थियो’ उनले थपे ।
एम्बुलेन्स भाडाकै अभाव
कोरोना कहरकै बीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरको आशंका गर्दै भरतपुर क्यान्सर अस्पताल वा काठमाडौं लिन रिफर गरेका अखिललाई एम्बुलेन्स भाडाकै अभाव भएको छ । जुम्लाबाट भरतपुर लिन ५० हजार भन्दा बढी भाडा लाग्ने भएपछि तीनदिन देखि भाडाको अभावले प्रतिष्ठनामै बस्नु परेको अखिलका बुवा जाड दमाईले जानकारी दिए ।

‘डाक्टर सावले घाँटीको क्यान्सर भएको छ, भरतपुर वा काठमाडौं लिएपछि निको हुन्छ भन्नुभयो’ टाउकोमा लगाएको टोपीले मुख छोपेर रुदैं भने, घरबाट ल्याएको ३० हजार रकम जुम्लामै उपचार गर्दै, औषधी किन्दै र खाना खाँदै सकियो, अब छोरालाई म कसरी लिउँ ?’ प्रतिष्ठानको रिफरको चिठ खल्तीमा बोकेका दमाई छोराको उपचारका लागि सात लाख लाग्ने खबर प्रतिष्ठानका डाक्टरबाट सुनेपछि छोरा बचाउन सकिदैन कि भन्दै भक्कानिए ।
‘सात लाख जति रकम भएमा अखिललाई सतप्रतिशत निको गर्न सकिन्छ भनेर डाक्टर साबले भन्नुभयो’ अस्पतालको वेडमा बिरामी छोरालाई अँगालो मारेर भक्कानिएका दमाईले भने, ‘अहिले मसँग सात हजार रुपैयाँ छैन्, त्यत्रो सात लाख कहाँबाट ल्याउँ ?’ पैशाकै अभावमा रिथि (उपल्लो जात) को हलो जोतेर ल्याएको पुणी (खाना)ले पालेको एकमात्र छोरो हेर्दाहेर्दै गुमाउने भएँ’ रुदैं उनले थपे ।
सहयोगको याचना
कक्षा ६ मा पढ्ने छोराको उपचारका लागि आर्थिक अभाव भएपछि अखिलका वुवा जाड दमाईले सार्वजनिक रुपमा सहयोगको याचना गरेका छन् । आप्mनो एकमात्रै छोराको ज्यान बचाइदिन एक कप चिया कम खाएपनि आर्थिक सहयोग गरिदिन आग्रह गरे ।
‘हजुरहरुले दैनिक खाने एक कप चियाको मूल्यले मेरो छोराको ज्यान बच्ने थियो’ जाडले भने, ‘सक्न्ुहुन्छ भने देश विदेशमा भएका सबै आमा–वुवा, दाजु–भाई दिदि–बहिनीलाई म हात जोडेर आर्थिक सहयोग गरिदिन बिन्ती गर्छु ।’
‘एकथुकी सुकि सय थुकी नदि’ भने झै सबैले थोरैथोरै सहयोग गरे छोरोले नयाँ जीवन पाउने उल्लेख गरेका जाडले सबैसँग छोराको भिख मागेको बताए ।
‘अखिल बचाउ अभियान’ शुरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं लिन एम्बुलेन्स भाडाकै अभाव भएपछि हुम्लाको अदानचुली स्थित सामुदायिक रेडियो श्रीनगर एफएमले ‘अखिल बचाउ’ अभियान शुरु गरेको छ । प्रतिष्ठानमा अखिल र अखिलका वुवालाई खानकै लागि समस्या परिरहेको खबर पाउने वित्तिकै सामाजिक दायित्व सम्झेर रेडियोकोतर्फबाट अभियान शुरु गरेको रेडियाृ सञ्चालक समितिका अध्यक्ष समेत रहेका पत्रकार नवराज महताराले जानकारी दिए ।
औषधी उपचार भन्दा अस्पतालसम्म पुग्ने एम्बुलेन्स भाडाकै अभाव भएको खबरले निकै दुःखित बनाएको उल्लेख गरेका महताराले अभियानले अखिललाई काठमाडौं लिने एम्बुलैनस भाडा भएपनि उठाउने उद्देश्य राखेको बताए । हामीले अखिलको जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेका छौं’ उनले भने, ‘आशा छ मनकारीको सानो सहयोगले अखिललाई सम्बन्धित (काठमाडौं वा भरतपुर) अस्पतलमा लिएर उपचारको काम शुरु हुने छ ।’
बुधबार मध्यन्नबाट शुरु भएको ‘अखिल बचाउ अभियान’ मा सहयोग आउने क्रम जारी रहेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाले जानकारी दिए ।
‘रेडियोको दश हजारबाट शुरु भएको अभियानमा अहिले झण्डै ४० हजार रकम जम्मा भएको छ’ थापाले भने, ‘विभिन्न क्षेत्रबाट सहयोग आउने क्रममा जारी भएकाले अखिलको उपचारमा केही सहयोग मिल्छकी भन्ने विश्वाश हामीले लिएका छौं ।’
अहिलेसम्म अखिल बचाउ अभियानमा रेडियो श्रीनगरले दश हजार, सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक धुर्वराज सिंहले दश हजार, पत्रकार तिलसरा विकले पाँच हजार, सर्केगार्ड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले पाँच हजार, अदानचुलीका पुर्व वडा सचिव तुलसी भण्डारीले तीन हजार, नेपालगञ्ज उपमहानरपालिकामा कार्यरत अदानचुली–२ कापवन बुढाले तीन हजार सहयोग गरेको रेडियो श्रीनगरले जानकारी दिएको छ ।
यसरी सहयोग गर्न सकिन्छ अखिललाई
आर्थिक अभावले मृत्युसँग लडिरहेका १३ वर्षिय अखिल दमाईलाई उनकै वुवाकोबैंक खाताबाट आर्थिक सहयोग गर्न सकिने ‘अखिल बचाउँ अभियान’ सञ्चालन गरेको रेडियो श्रीनगरले जनाएको छ ।
अखिललाई आर्थिक सहयोग गर्न चाहनेका लागि उनका वुवा जाड दमाईको नाममा ग्लोवल आइएमइ बैंक अदानचुली शाखामा रहेको बचत खाता नम्बर त् २०७०१००००४०६ मा सिधै जम्मा गर्न सकिने छ ।
जाड दमाईको खातामा रकम जम्मा भए नभएको बारेमा उनको मोवाइल नम्बर ९८६४९०५५२६ मा अर्थात रेडियो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाको मोवाइल नम्बर ९८५८३२११०७ मा फोन गर्न सकिने रेडियो श्रीनगरले जनाएको छ ।