सिमकोट । विभिन्न कामका सिलसिलामा बाँेकेमावसोवास गर्दै आएका हुम्लाका नागरिकले आप्mनोतर्फबाट जिल्लावासीलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै गएको बेला विभिन्न क्षेत्रमा काम गर्ने हुम्लाका स्थनीयले जिल्लाका स्वास्थ्य संस्थामार्फत उक्त सामाग्री सहयोग गर्न लागेका हुन् ।
जिल्लाका अधिकांश गाउँहरुमा दोस्रो चरणको कोरोना भाइरसका संक्रमण पुष्टि भएका खबर सार्वजनिक भएपछि जागिर, व्यापार र अन्य विभिन्न कामको सिलसिलामा बाँकेका विभिन्न स्थानमा रहेका नागरिकले व्यक्तिगत रुपमा संकलन गरेको सहयोगले उक्त सामाग्री खरिद गरिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यरत अदानचुली–२ का पवन बुढाले जानकारी दिए ।
‘विभिन्न क्षेत्रमा कार्यरत १४ जनाको सम्योजनमा संकलन गरिएको दुईलाख ५० हजार रकमले जिल्लाका ७० वटैं स्वास्थ्य संस्थामार्फत कोरोनाबाट बच्ने स्वास्थ्य सामाग्रीको खरिद गरिएको हो’ बुढाले नेपालवोटलाई भने, ‘कोरोना भाइरसको संक्रमणबाट बच्ने मास्क, थर्मोमिट, सेनिटाइजर लगायतका सामाग्रीको नासोका रुपमा पठाउन लागिएको हो ।’
हुम्ला सूचना सञ्चार समुहको नाम दिइएको उक्त समुहले वर्तमान संकटको घडिमा जिल्लालाई नासोका रुपमा विभिन्न स्वास्थ्य सामाग्री पठाउने प्रयास गएिको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख सर्केगाड दुल्लीका गोरख थापाले जानकारी दिए ।
उनका अनुसार समुहले जिल्लाका ७० वटै स्वास्थ्य संस्थालाई पुग्ने गरेर फल्स अक्सिमिटर एक थान, डिजिटल थर्मोमिटर एक थान र सर्जिकल मास्क ५ पाँच सय थानका दरले स्वास्थ्य सामाग्री पठाउने तयारी भैरहेको छ ।
संकटको समयमा आफू जिल्ला बाहिर भएपनि कोरोना संक्रमणको जोखिमबाट जोगाउने ध्येयले उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
ग्एको वैशाख १८ गते देखि संक्रमण पुष्टि भएको हुम्लामा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७५ जना रहेका छन् भने संक्रमण बाट एक जनाको मृत्यु भएको छ ।
पहल गर्ने १४ जनाको विवरण
