सिमकोट । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाका दुई वटा स्थाीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना कहरमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन खाप्mना कार्यक्रम सञ्चालन भैरहेको सिमकोट र नाम्खा गाउँपालिकाले उक्त संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्लाभर कोरोनासंक्रमितहरुको संख्या बढ्दै गैरहेको वेला त्यससँग लड्न सहज होस् भन्नका लागि आफूले सिमकोट र नाम्खा गाँपालिकाकाले औषधीसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको आधार विकास नेपालका कार्यक्रम संयोज कञ्जोक लामाले जानकारी दिए ।
संस्थाको कार्यालयमा आज आयोजना गरिएक एक कार्यक्रममा संयोजक लामाले सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र नाम्खा गाँपालिकाका अध्यक्ष विष्णुबहादुर लामालाई उक्त सामाग्री हस्तान्रण गरिएको छ । संस्थाले सहयोग गरिएको स्वास्थ्य सामग्रि मध्य सिमकोट गाउँपालिकालाई ५ पिस थर्मलगन, १५० थान केएन ९५, ५ जहार थान सर्जिकल मास्क, १२ बोत्तल सेनिटाइजर, एक सय सर्जिकल ग्वलव्स, ५७६ पिस हेन्ड वासिङ, ३० थान फेस सिल्ड, २० बोत्तल लिक्वीट सप हस्तान्तरण गरिएको छ । भने नाम्खा गाउँपालिकामा पनि पल्स अक्सि मिटर बाहेकका अन्य सवै स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको आधार विकास नेपाल हुम्लाले जनाएको छ ।
सामाग्री बुझ्दै सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संस्थालाई धन्यवाद दिए । हस्तान्तरित स्वास्थ्य सामाग्रीले आफूलाई कोरोना कहरसँग लड्न थप बल पुग्ने भन्दै अध्यक्ष लामाले कोरोना विरुद्धको लडाईमा सबै एक हुनु पर्नेमा जोड दिए ।
आधार विकास नेपाल नाम्खा गाउँपालिकाका ५ र सिमकोट गाउँपालिका दुईवटा वडामा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेको छ ।