सुर्खेत । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सभामुख राजबहादुर शाहीको आग्रहमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्ुत गरेका हुन् । उक्त नीति तथा कार्यक्रम कोभिड माहामारी रोकथाममा केन्द्रित छ ।
कोरोना माहामारीलाई मध्यनजर गरी प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र उत्पादनमुक स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनेभएको । प्रदेशसभामा आज प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलेमा यस्तो देखिएको हो ।
उक्त प्रस्तुत नीति तथा कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई पोकस गरिएको छ । प्रदेश प्रमुख कलौनीका अनुसार वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५०० श्ययाको अस्पताल सँगै कर्णालीका १० वटै जिल्लाहरुमा एक भेन्टिलेटर सँगै अक्सिजन सहितको ५० श्ययाको अस्पतालको स्थापना हुने भएको छ ।
त्यस्तै कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्तलालाई शिक्षण अस्तलामा रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवारोग अस्तालको स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई।सी।यू। उपचार, प्रत्येक स्थानीयतहरुमा १५ श्ययाको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने प्रदेश प्रमुख कलौनीले बताए ।
त्यस्तै अन्य कार्याक्रमहरुमा कर्णालीमा माग अनुसार सिपमुलक तालिको लागि पुजी, तालीम तथा बजारीकरणको व्यवस्थापन गर्ने, पुर्ण तथा लक्षीत वर्गलाई रोजगार दिने साथै खाना, नाना र छाना कर्याक्रम, बैंक खाता छोरीको सुरक्षा जीवन भरीको जस्ता कार्याक्रमहरु पुरना दोहोरीएका छन् ।
केबुलकार बनाउने लक्ष्य
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रर्वद्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालिकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकारको निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।
त्यस्तै, सुरुङ्ग मार्ग, जलमार्ग र रोप–वे लगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गने नीति तथा कार्यक्रम ल्याएको छ ।
सीप कलामा जोड
कर्णाली प्रदेश सकारले स्थानीय ज्ञान, सीप, श्रोत, साधन तथा परम्परागत एवम् आधुनिक प्रविधि उपयोग गर्दै उत्पादन एवम् उद्यमशीलतालाई प्रर्वद्धन गरी युवाहरूलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रम प्रदेश प्रमुख कलौनीले बताए ।
‘स्थानीयस्तरमै न्यूनतम रोजगारी एवम् जीविकोपार्जनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश विशेष कार्यक्रमको रुपमा निरन्तरता दिइनेछ ।’ उनले भने,‘परम्परागत सीप, हस्तकला र प्रविधिलाई प्रर्वद्धन गरी युवालाई रोजगारीको अवसर सृजना गर्न ‘सीपसँगै सहयोग’ कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि मागमा आधारित उद्यमशीलता तथा सीप विकास तालिम, पूँजी, प्रविधि र बजारीकरणमा सहयोगको व्यवस्था मिलाईनेछ ।’
निर्यातमूलक उद्योग तथा व्यवसायहरूको स्थापना, विकास, विस्तार, प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्दै आत्मनिर्भर एवम् दिगो प्रदेश अर्थतन्त्र विकास गर्ने नीति अवलम्बन गरिनेछ नीति तथा कार्यक्रम रहेको प्रदेश प्रमुख कलौनीले बताए । ‘एक जिल्ला एक उद्योग ग्राम स्थापना’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
यसका लागि उपलब्ध स्थानीय कच्चा पदार्थको लगत, सम्भाव्यता तथा वातावरणीय अध्ययन र जग्गा प्राप्तिको कार्य सम्पन्न भई विस्तृत परियोजना प्रतिवेदन तयार भएका जिल्लामा उद्योग ग्रामको पूर्वाधार निर्माण गरिनेछ ।’ उनले भने,‘युवा तथा लक्षित वर्गलाई स्वदेशमै स्वरोजगार बनाउन होम स्टे सञ्चालन, औद्योगिक जनशक्ति विकास एवम् उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
कर्णालीको जडीबूटी, रत्नपत्थर तथा रेसादार (अल्लो, लोक्ता, बाबियो, केतुकी), देवदार तेल, झ्याउ, भोजपत्र, सुनगाभा आदि जस्ता स्थानीय कच्चा पदार्थको विकास तथा प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीमा विषयगत वस्तु विकास केन्द्रको स्थापना गरिनेछ ।’