सिमकोट । माटोको ढिस्कोमा छोपिएर गम्भिर घाइते भएका बालक युद्धबहादुर शाहीको थप उपचार गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी गाणेश आचार्यले सहयोग संकलन अभियान शुरु गरेका छन् ।
अविभावक कोही नभएकाले आर्थिक अभावमा बालकको उपचार हुन नसक्ने भएपछि शनिबार अपरान्ह देखि बालकको उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेको प्रजिअ आचार्यले जानकारी दिए ।
'विभिन्न व्यक्ति र निकायसँग गरेको अनुरोधमा अहिले झण्डै ५५ हजार आर्थिक सहयोग र नेपागञ्ज जाने भाडाको जोहो भएको छ, प्रजिअ आचार्यले भने, ‘बाँकेका प्रजिअसँग कुरा गरेको छु । सायद अस्पतालमा निःशुल्क उपचारको लागि केहि व्यवस्था हुन्छ होला ।’
आफैले १५ हजारको सहयोग गरेका प्रजिअ आचार्यका अनुसार जनस्वास्थ्य कार्यालयल १५, सिमकोट गाउँपालकाले १२ हजार, रेडियो कर्णाली आवाजले ५ हजार रकम सहयोग गरेका छन् । यसैगरी हुम्ला उद्योग बाणीज्य संघलेपनि सहयोगको प्रतिवद्धता गरेको भएपनि कती सहयोग गर्ने भन्ने बारेमा अहिलेनैं रकम नतोकिएको प्रजिअ आचार्यले बताए ।
बालक शाहीलाई सिमकोटबाट नेपालगञ्ज लिन सिता एयरले निःशुल्क टिकट दिने जानकारी दिएका आचार्यले विभिन्न निकायबाट सहयोग संकलन गरेर बालकको उपचार गराउने बारेमा कुराकानी भैरहेको जानकारी दिए ।
घरको प्रयोजनका लागि आमासँगै मोटो लिन गएका बालक शाहीलाई माटोको ढिस्कोले पुरेपछि दुवै खुट्टा भाच्चिएर अवस्था गम्भिर भएको छ ।
वुवाको मृत्यु भएपछि आमाले अर्कैसँग विहे गरेर गएका कारण उनको पारिवारिक अवस्था निकै नाजुक भएकाले थप उपचारका लागि आर्थिक अभाव भएको हो ।