सिमकोट । एक कट्टा चामल ढुवानीको विषयलाई लिएर भएको विवादले सिमकोट–७ डाँडाफायको ग्वालेखोरमा दुई जना घाइते भएका छन् ।
शुक्रबार राती गाउँकै स्थानीय दुइ समुहबिच भएको दोहोरो झडपमा सिमकोट–७ ग्वालेखोराका प्रवेश शाही (छोरा), मनबहादुर शाही (वुवा) र सिद्धा शाही (आमा) घाइते भएका छन् । उपचारका लागि शुक्रबार राती नैं जिल्ला अस्पताल हुम्लामा ल्याइएका प्रवेशको नाक र टाउकोमा चोट लागेको छ भने सिद्धाको नाक र मुखमा चोट लोको स्थानीय जयबहादुर शाहीले जानकारी दिए ।
खाद्य व्यवास्था तथा व्यापार कम्पनीले वितरण गरेको चामल ट्रयाक्टरमा ढुवानी गरेर लिने विषयमा स्थानीय प्रवेश शाही र उमेश सिहं बाट शुरु भएको विवादले उग्र रुप लिएपछि दोहोरो झडप भएको बताइएको छ ।
झडपमा उमेश सिंह र दिनेश शाहीको पक्षको कुटाईबाट प्रवेश शाहीका घरका तीनजना घाइते भएका छन् ।
प्रवेशको नाकमा ५ र टाउकोमा १ टाँका लगाइएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । नाकको देब्रे साइटमा काटिएकाले पाँच टाँका लगाउने परेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै उनका आफन्त जयबहादुर शाहीले जानकारी दिए । उनका अनुशार सिद्धको टाउँकोमा एउटा टाँका लगाइएको छ ।
आलो घाउँ भएकाले टाँका लगाउनुपरेको भएपनि घाइतेको अवस्था सामान्इ भएको जिल्ला प्रहरी कार्यालयको दावी छ ।
‘म बिहान घाइतेको अवस्थाका बारेमा बुझ्न जिल्ला अस्पताल गएको थिएँ’ प्रहरी प्रमुह हेरम्ब शर्माले भने, ‘अस्पतालमा ल्याएका प्रवेश र उनकी आमाको अवस्था सामान्य भएको खबर आफूले पाएको छु ।’
यसरी भयो विवाद !
शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. हुम्लाले नियमित वडाको कोटाको चामल वितरण गरेको थियो । प्रतिघर एक कट्टा चामल पाएका साविकको डाँडाफया गाविस–३ (हालको सिमकोट–७) ग्वालेखोरका स्थानीयले चामल एकमुष्ठ ढुवानी गर्ने ट्रयाक्टर रिजर्भ गरेका थिए ।
प्रति कट्टा चामलको एक सय रुपैयाँ ढुवानी तिर्ने सहमतीमा ट्रयाक्टर रिजर्भ गर्न स्थानीय उमेश सिंह र दिनेश शाहीले गरेका थिए । त्यही बीचमा प्रवेशले ट्रयाक्टरका ड्राइभरसँग कुरा गरेर आप्mनो नाममा आएक दुई कट्टा चामल त्यसैमा राख्ने सल्लाह प्रवेश शाहीले गरेका थिए ।
प्रवेश ट्रयाक्टर रिर्जभको पहल आफूले गरेको तर दुई कट्टा चामल त्यसमै हालेपनि त्यसको ढुवानी दुई सय रुपैयाँ नदिएको भन्दै रिसिएका उमेश सिंह र दिनेश शाहीले प्रवेशसँग विवादको विषय उठाए । आफूले ड्राइभरसँग कुरा गरेकाले रकम दिएपनि ड्राइभरलाई नै दिने भन्दै रकम सिंहको समुहलाई दिन नमानेपछि विवादे उग्र रुप लिएको थियो ।
विवाद बढ्दै गएपछि उमेश सिंह र दिनेश शाहीको समुहले प्रवेशको घरमा गए बोत्तलले हिकाएपछि प्रवेश, उनकी आमा सिद्धा शाही र वुवा मनबहादुर शाहीलाई चोट लागेको स्थानीयले बताएका छन् ।
कुटपिटमा संलग्न दुई प्रहरी नियन्त्रणमा
तीन जना घाइते हुन गरेर ग्वालेखोरमा भएको झगडामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चामलको विषयमा विवाद हुँदा बोत्तलले कुट्ने सिमकोट–७ ग्वालेखोरका उमेश सिंह र दिनेश शाहीलाई आफूले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको खबरप्राप्त हुने बित्तिकै सिमकोट बाट खटिएको प्रहरीको टोलीले सिंह र शाहीलाई जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याएको प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।