सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकिकृत प्रेस शिविर शुरु भएको छ ।
जिललामा कार्यरत पत्रकारहरुका लागि सूचना तथा सञ्चार विभागले वितरण गर्ने प्रेस पास वितरण सहित पत्रकारिता क्षेत्रका विविध विषयमा छलफल गर्न एकिकृत प्रेस शिविर शुरु भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा कर्णाली प्रदेश आनतरिक मामिला तथा कानून मन्त्रालय, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना तथा प्रसारण विभागको सहकार्यमा मंगलबारदेखि बिहिबारसम्म तीन दिने एकिकृत सञ्चार शिविरको आयोजना गर्न लागिएको हो ।
शिविरका लागि नेपालको सञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत तहकासबै पदाधिकारी सिमकोटमा केन्द्रित भएका छन् । आजबाट शुरु भएको शिविरका लागि कर्णाली प्रदेश सरकारका आनतरिक मामिला तथा कानून मन्त्री सिताकुमारी नेपाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, सूचना तथा प्रसारण विधागका निर्देशक भरत गौतम, प्रेस काउन्सिल नेपालकासदस्य दिपक पाष्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुषाल, सूचना तथा प्रसारण विभागका शाखा अधिकृत केशवप्रसाद शर्मा लगायतको टोली हुम्ला सदरमुकाम सिमकोट केन्द्रित रहेको छ ।
समितिका अध्यक्ष राजेन्द्र अर्याल, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, सूचना तथा प्रसारण विधागका निर्देशक भरत गौतम, प्रेस काउन्सिल नेपालकासदस्य दिपक पाष्डे, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाई, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुषाल, सूचना तथा प्रसारण विभागका शाखा अधिकृत केशवप्रसाद शर्मा लगायतको टोली हुम्ला सदरमुकाम सिमकोट केन्द्रित रहेको छ ।