सिमकोट । कर्णालीप्रतिको बिम्ब परिवर्तन गर्ने समाचार संप्रेषणको माग गर्दै हुम्लामा ञ्चालित एकिकृत प्रेस शिविर २०७८ सम्पन्न भएको छ ।
हुम्ला र समग्र कर्णाली प्रदेशका राम्रा पक्षको भन्दा नकरात्मक विषयलाई मात्रै सञ्चार माध्यमका समाचारका विषय बनेका कारण आफूलाई हिनताबेध हुने स्थितीको सृजना गराएकोले सञ्चार माध्मले हुम्ला र कर्णालीका विषयमा सकरात्मक विषयको उठान गर्न र दायमूखि लिड परिवर्तन गर्न शिविरले माग गरेको हो ।
‘नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, जातिय, पर्यावरणीय विविधता भन्दा यहाँको अभाव र पछौटेपनलाई दयामूखि लिडबाट समेत समावेश गर्ने गरेका कारण यहाँका नागरिकलाई हिनताबोध पैदा गराएको छ ।’ घोषणा–पत्रमा भनिएको छ, ‘यस वास्तविकतालाई आत्मसात गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई हुम्लाको विद्यमान बिम्ब परिवर्तन गर्न सकरात्मक र समुन्नतिका समाचार सामाग्री प्रकाशन तथा प्रसारण गर्न यो शिविर आग्रह गर्दछ ।’
शिविरले हुम्लाजस्ता दुर्गम क्षेत्रको पत्रकारितालाई अघि बढाउन नेपालका सरकारी सञ्चार माध्यममा कर्णाली विट रिर्पोटिङको शुरुवात गर्न समेत आग्रह गरेको छ । नयाँ संविधानमार्फत भूगोल पनि नेपालको थिम भएकाले त्यसभित्रका विविध पक्षलाई समेट्न कर्णाली विट रिर्पोटिङको शुरुवात गर्न सरोकारवाला निकायलाई आग्रह गरेको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले जानकारी दिए ।
हुम्ला जिल्ला मात्रै नभएर समग्र कर्णाली क्षेत्रको पत्रकारिताको विकासका बारेमा विभिन्न विषय समेटेर ९ बुदें घोषणा–पत्र जारी गरेको उल्लेख गर्दे अध्यक्ष रावतले भने, ‘जिल्लाको पत्रकारिताको विकासलाई जोड दिन अनुदानमूखि पत्रकारिताको अवधारणा अनुसार राज्यले स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीको पेसागत दक्षता वृद्धी, उत्थान, विकास तथा संरक्षणसहित पत्रकारिताको व्यवसायीकरणका लागी मिडिया विकास कोष मार्फत प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान सञ्चार उपकरणका प्रदान गर्ने ४० प्रतिशत अनुदानलाई कम्तीमा ६० प्रतिशत वृद्धि गर्न र सञ्चार केन्द्र स्थापनामा सहयोग गर्न आग्रह गर्दै हुम्ला लागयत दुर्गम हिमाली जिल्लाबाट सञ्चालित सञ्चार माध्यम (रेडियो, पत्रपत्रिका, अनलाइन)हरुका लागि प्रयोग हुने न्युजप्रिन्ट, मिक्चर, ट्रान्समिटर, क्यामरा, रेकर्डर सवारी साधनको खरिद तथा भन्सारमा ५० प्रतिशत छुट गर्दै स्थानीय रेडियो तथ पत्र पत्रपकिाको हकमा सूचना तथा प्रसारण विभागले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनलाई ५० प्रतिशत वृद्धि गर्न माग गर्दछ ।’
नेपाल पत्रार महासंघ हुम्ला शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालित शिविरले हुम्ला र अन्य दुर्गम हिमाली जिल्लाको पत्रकारिता क्षेत्रको वद्धि र विकाससँग सम्बन्धित विभिन्न विषयमा छलफल भएर सकिएको प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार हुम्लामा कार्यरत पत्रकारहरुलाई प्रेस पास वितरण, नविकरण, अनलाइन दर्ता तथा नविकरण, जिल्लाको न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको सञ्चार नीतिका विषयमा छलफल गर्न आयोजना गरेकोे शिविर दुर्गमको पत्रकारिता क्षेत्रको वृद्धि र विकासका क्षेत्रमा विभिन्न माग गर्दै सम्पन्न भएको हो ।
गएको असार १५ गतेदेखि शुरु भएको शिविरमा कर्णाली प्रदेशका आशन्तरिक मालिा तथा कानून मन्त्री सिता नेपाली, काउन्सिल अध्यक्ष बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, प्रेश युनियनका अध्यक्ष बद्री सिग्देल, सूचना विभागका निर्देशक भरत गौतम, पत्रकार महासंघका सचिव गोबिन्द्र प्रसाद चौलागाई, प्रेस काउन्सिका सदस्य दिपक पाण्डे सहितका अधिकारीहरुको सहभागिता रहेको थियो ।
यस्तो छ, सिमकोट घोषणा–पत्र
एकिकृत प्रेस शिविर २०७८
सिमकोट घोषणा–पत्र
नेपालको सबैभन्दा शीर्ष सदरमुकाम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोटमा २०७८ असार १५–१७ गतेसम्म नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आतित्थ्यतामा प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना तथा प्रसारण विभाग र कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पत्रकार आचारसंहिता, पत्रकारका सेवा सुविधा, प्रेस पास वितरणसहित एकिकृत प्रेस शिविर २०७८ नेपाली पत्रकारिताले कर्णाली प्रतिको बिम्ब परिवर्तन सहितको स्वाभिमान कामय गरी हरेक विकासजस्तै पत्रकारिता क्षेत्रमा समेत न्यायोचित सिद्धान्तका आधारमा हुम्ला लगायत दुर्गम क्षेत्रको पत्रकारिताको व्यवसायिक विकासमा जोड दिदैं देहायअनुसार ९ बुदें सिमकोट घोषणा–पत्र २०७८ जारी गर्दछ ।
१) नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, जातिय, पर्यावरणीय विविधता भन्दा यहाँको अभाव र पछौटेपनलाई दयामूखि लिडबाट समेत समावेश गर्ने गरेका कारण यहाँका नागरिकलाई हिनताबोध पैदा गराएको छ । यस वास्तविकतालाई आत्मसात गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई हुम्लाको विद्यमान बिम्ब परिवर्तन गर्न सकरात्मक र समुन्नतिका समाचार सामाग्री प्रकाशन तथा प्रसारण गर्न यो शिविर आग्रह गर्दछ ।
२) नयाँ संविधान अनुसार प्रदेश र संघीय सरकार अन्र्तगत सञ्चारसँग सम्बन्धित विभिन्न संयन्त्रको नीतिगत तहमा हुम्लालगायत समग्र कर्णाली क्षेत्रको अनिबार्य प्रतिनिधित्व गराउन र सुरुमा सरकारी सञ्चार माध्यमबाट कर्णाली क्षेत्रको विट (क्षेत्रगत) रिर्पोटिङ तत्काल सुरुगर्न यो शिविर नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय लगायतका निकायलाई आग्रह गर्दछ ।
३) हुम्ला जस्ता पत्रकारिताको वृद्धि र विकासमा जोड दिनुपर्ने अवस्थामा रहेका हिमाली तथा पहाडी जिल्लामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागी यो शिविर नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश सरकार, प्रेस काउन्सिल नेपाल र नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । साथै कानूनमा व्यवस्था भएको स्रोत सहितको अधिकार सम्पन्न कर्णाली प्रदेशको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछ ।
४) यो शिविर हुम्ला र पत्रकारिता तथा अन्य मानव विकास सूचांकको हिसाबले पछि परेका जिल्लाको पत्रकारिताको विकासलाई जोड दिन अनुदानमूखि पत्रकारिताको अवधारणा अनुसार राज्यले स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीको पेसागत दक्षता वृद्धी, उत्थान, विकास तथा संरक्षणसहित पत्रकारिताको व्यवसायीकरणका लागी मिडिया विकास कोष मार्फत प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान सञ्चार उपकरणका प्रदान गर्ने ४० प्रतिशत अनुदानलाई कम्तीमा ६० प्रतिशत वृद्धि गर्न र सञ्चार केन्द्र स्थापनामा सहयोग गर्न आग्रह गर्दै हुम्ला लागयत दुर्गम हिमाली जिल्लाबाट सञ्चालित सञ्चार माध्यम (रेडियो, पत्रपत्रिका, अनलाइन)हरुका लागि प्रयोग हुने न्युजप्रिन्ट, मिक्चर, ट्रान्समिटर, क्यामरा, रेकर्डर सवारी साधनको खरिद तथा भन्सारमा ५० प्रतिशत छुट गर्दै स्थानीय रेडियो तथ पत्र पत्रपकिाको हकमा सूचना तथा प्रसारण विभागले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनलाई ५० प्रतिशत वृद्धि गर्न माग गर्दछ ।
५) हुम्लाबाट सरकारी तथा निजीस्तरमा रहेका सञ्चार गृहमा कामगर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक स्थानीय महंगी र भौगोलिक विकटता अनुसार निकै कम छ । यसले कार्यत श्रमजीवी पत्रकारलाई औपचारिकतामा मात्रै समावेश गर्ने गरेको वास्तविकतालाई हृदयंगम गर्दै हम्ला लगायतका हिमाली जिल्लामा राखिएका स्ट्रिन्जरको सट्टा पूर्णकालिन रिर्पोटरको रुपमा नियुत्त गर्न आग्रह गर्दछ । साथै हुम्ला जस्ता दुर्गम क्षेत्रमा रहेर काम गर्ने स्ट्रिङजर÷रिर्पोटले प्राप्त गर्ने पारिश्रमिकमा कम्तीमा ५० प्रतिहत वृद्धि गर्न सम्बद्ध निकायसँग जोडदार माग गर्दछ ।
६) नेपाल सरकारले आगामी आ.व. ०७८÷०७९ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा व्यवस्था गरेको निःशुल्क उपचार र दुर्घटना विमा जस्ता कार्यक्रमको स्वागत गर्दै हुम्लाजस्ता दुर्गम हिमाली क्षेत्रलाई कार्यक्षेत्र बनाई कामगर्ने सञ्चारकर्मीको व्यवसायिक पहुँच वृद्धी गर्नका लागि अनुदानमूखि पत्रकारिताको सिद्धान्त अनुसार पत्रकारका लागि आवश्यक पर्ने सञ्चार सुविधा, इमेल, इन्टरनेट, फोन, प्mयाक्स, यातायात सुविधा (हवाई र यातायात) मा कम्तीमा ५० प्रतिशतको सहुलियत प्रदान गर्ने व्यवस्थाका लागि सम्बन्धित निकायलाई यो शिविर आग्रह गर्दछ ।
७) सूचना विभागबाट प्रदान गरिने प्रेस पास, पत्रपत्रिका दर्ता तथा स्थानान्तरण, रेडियो लाइसेन्स नवीकरण, रोयल्टी बुझाउने कार्यलाई अब देखि सम्बन्धित जिल्लाबाटै सहज रुपमा गर्न कानुनी व्यवस्थाका लागि अनुरोध गर्दै नेपालको सञ्चार क्षेत्रका विभिन्न निकाय (सूचना विभाग, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय सूचना आयोग लगायतका निकाय) का प्रदेश तथा जिल्लागत संरचना निर्माण गर्न नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह गर्दछ ।
८) मानव सभ्याताको प्रतिकका रुपमा मानिने कैलास मानसरोवारको गेट–वेका रुपमा रहेर पनि आजको दिनसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्लाका रुपमा रहेको हुम्लालाई आगामी आर्थिक वर्षमा राष्ट्रिय सडक सञ्जालमा जोड्दै यहाँको समुन्नितका आधारको रुपमा रहेका पर्यटकीय संभावना बोकेका ऐतिहाँसिक, साँस्कृतिक, धार्मिक तथा पर्यावरणीय क्षेत्रको विकासका लागि राज्यले दिर्घकालीन गुरु योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्दै सिमकोट विमानस्थलको स्तरवृद्धि गर्न, स्थलगत मार्गबाट सिमकोट हुँदै कैलास मानसरोवरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँचका लागी कर्णाली राजमार्ग, कर्णाली कोरिडोरलाई समेत कालोपत्रे गर्न नेपाल सरकार लगायत दातृ निकायलाई यो ‘एकिकृत प्रेस शिविर २०७८’ हार्दिक आग्रह गर्दछ ।
९) हुम्लाको पत्रकारिताको समीक्षात्मक बहस सहितको व्यवसायिक पत्रकारिताका संभावनाको खोजि गर्नका लागि नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा र विभिन्न निकायको सहकार्यमा सम्पन्न भएको सिमकोट एकिकृत प्रेस शिविर–२०७८ मा जिल्लाका ३३ जना पत्रकारले प्रेस पास लिनु, २ वटा अनलाइन नयाँ दर्ता हुनु, १ वटा अनलाइन नविकरण हुनु, २ जनाले अनुभव प्रमाणीत गरेर प्रेस पास लिनुलाई शिविरको महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ । साथै यस एकिकृत प्रेस शिविरमा मागौरवमय सहभागिता जनाउनु हुने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री मा. सिताकुमारी नेपाली, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिलका सदस्य दिपक पाण्डे, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाई, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सूचना तथा प्रसारण विभागका निर्देशक, भरत गौतम, शाखा अधिकृत केशवराज शर्मा, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झवेन्द्र भुषाल, सञ्चार विज्ञ डा. बिजय मीश्रप्रति आभार व्यक्तगर्दै कार्यक्रमको आयोजनाका लागि सहयोग गर्ने सिमकोट गाउँपालिका, हुम्ला जिल्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय हुम्ला, सरकारी तथा गैरसरकारी कार्यालय, एलिश होटेल, हुम्ला रिर्सोट, समिट एयर, जिल्ला प्रहरी कार्यालय हुम्लासहित कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्दै सहकार्य गर्ने सबै निकायप्रति विषेश आभार व्यक्त गर्दछ ।
नेपाल पत्रकार महांसघ
जिल्ला शाखा हुम्ला