सिमकोट । अचानक हृदयघात भएको मुगुको रारा बहुमूखि क्याम्पसका प्राध्यापक हिरा बोहराको उपचारमा आर्थिक अभाव भएको छ ।
यही असार २१ ग्ते आप्mनै घर चंखेली–१ रिमी बोरहाबाडामा हृदयघात भएपछि तीनदिन पछि हेलिकोप्टरबाट रेस्क्यू गरेर काठमाडौंको गंगलाल हृदयकेन्द्रमा लगिएका बोहरालाई काठमाडौं पु¥याउनै ठूलो खर्च लागेपछि उपचारमा आर्थिक अभाव भएको हो ।
हृदयघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पु¥याउन र त्यहाँबाट हेलिकोप्टर चार्टर गरेर काठमाडौं पु¥याउनै ८ लाखको हाराहारीमा खर्च भयो, बोहरोको उपचारमा संलग्न उनकी श्रीमती सम्भना रोकाया (बोहराले) ले भनिन्, ‘हामीसँग भएको सबै रकम काठमाडौं पु¥याउने भाडामै सकियो । अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।’
जिल्ला अस्पताल मुगुमा दुई राख्दा समेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकोप्टर चार्टर गरेर काठमाडौंको गंगाला हृदय रोग केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक तीस हजारको दरले खर्च भएपछि तीन दिनमै बोहराको उपचारमा आर्थिक अभाव भएको उनको हेरचालमा खटिएकी सम्झनाले बताइन् ।
एक वर्षको कान्छो छोरा काखमा च्यापेर अस्पतालको बाहिर भेटिएकी सम्झनाले रुदैं भनिन्, ‘क्याम्समा पढाएर कमाएको पैशा हेलिकोप्टरको भाडा तिर्नपनि पुगेन अब उपचारका लागि लाग्नृ दैनिक तीस हजार कहाँबाट ल्याउने ? सिसियुमा मृत्युसँग लडिरहेका उहाँ (बोहरा) लाई मृत्यसको मुखबाट फत्काउन नसकिएला जस्तो छ ।’

‘दुई छोरा र म उहाँकै भरोसमा बाँचेका थियौ । अचानक हृदयघात भएर यस्तो अवस्था बनाएपछि अब हामी तीन आमाछोरालाई पनि मर्नु न बाँच्नुको अवस्था हुने भयो । ’ उनले थपिन । घरको आर्थिक अवस्थाले बोहराको उपचार संभवन हुन नसक्ने निष्कर्षमा पुगेकी सम्झनाले आप्mनो नावालक छोराकै लागि भएपनि श्रीमानलाई आर्थिक सहयोग गरेर बचाई दिन सार्वजनिक रुपमा अपिल गरिन् । मेरो श्रीमान्लाई बचाउने अब देश विदेशमा रहेका आमा–वुवा दाजु–भाई, दिदि–बहिनीहरुकै भर छ’ गहभरी आँशु बगाउँदै उनले भनिन्, ‘सक्नुहुन्छ भने एक गाँस काटेर मेरो उहाँकोउपचारका लागि सकेको आर्थिक सहयोग गरिदिन म बिन्ती गर्दछु ।’
हिरा बचाउन अभियान शुरु
३८ वर्षिय प्राध्यापक हिरा बोहरालाई उपचारका लागि आर्थिक अभाव भएपछि सामाजिक सञ्जाल मार्फत ‘हिरा बचाउ अभियान’ शुरु गरिएको छ ।
मुगुबाट काठमाडौं लगिएको हेलिकोप्टरको भाडा र उपचारमा दैनिक हुने खर्चकै अभाव भएपछि समाज कल्याण परिषदका सदस्य तथा किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले सामाजिक सञ्जाल फेसवुक मार्फत आइतबार ‘हिरा बचाउ अभियान’ को शुरुवात गरेका हुन् ।

बिरामी भएदेखि नैं हिरा भाइको रेस्क्यू र उपचारमा म संलग्न छु’ अभियानता शाहीले भने, ‘अस्पताल भर्ना भएको शुरुको तीन दिनमै आर्थिक अभाव भएपछि सर्वजिनक रुपमा मैले यो अभियान शुरु गर्ने निचोडमा पुगेको हुँ ।’
काठमाडौं ल्याउने वित्तिकै अस्पताल प्रशासन र चिकित्सकसँगको परामर्शमा बोहरालाई उपचार गराए सन्चो हुने खबर पाएपछि आर्थिक अभावकै कारण समस्या सृजना नहोस् भन्नका लागि केही साथीहरुसँगको परामर्शमा हिरा बचाउ अभियान शुरु गरेको उल्लेख गर्दै शाहीले सकेको आर्थिक सहयोग गर्न देश विदेशमा रहेका सबै सहयोगि मनहरुलाई अपिल गरेका छन् ।
अभियानमा सहयोग गर्न इच्छुकले बोहराकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०१००००९९८२०१० मा जुनसुकै स्थानबाट पनि जम्मा गर्न सक्ने शाहीले जानकारी दिए ।
अभियानको शुरुमै सत्तरी हजार संकलन
उपचारमा आर्थिक अभाव भएका ३८ वर्षिय प्राध्यापक बोहरालाई उपचारमा सहयोग संकलनका लागि शुरु गरिएको ‘हिरा बचाउ अभियान’ को शुरुमै ७० हजार रकम संकलन भएको छ ।
अभियान शुरु गर्ने किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले व्यक्तिगत रुपमा ५५ हजार र सिमकोट–५ का राजबहादुर रोकायाले १५ हजार रकम आर्थिक सहयोग गरेपछि अभियानको शुरुमै बोहराको उपचारमा ७० हजार रकम संकलन भएको हो ।