सिमकोट । हुम्लाको चंखेली गाउँपालिका–१ निवाशी हिरा बोहोराको उपचारमा शुरुको तीन दिनमै ७ लाख ७९ हजार ८८५ रकम संकलन भएको छ ।
मुगुको रारा बहुमूखि क्याम्समा जनसंख्या विषयमा उप–प्रध्यापक बोहरालाई उपचारमा आर्थिक समस्या भएपछि चंखेलीका गोविन्दबहादुर शाही, सिमकोट–५ का राजबहादुर रोकाया र अदानचुली–१ का नवराज महताराले शुरु गरेको ‘हिरा बचाउ’ अभियानमा देश तथा विदेशबाट विभिन्न व्यत्तिले गरेको सहयोगले तीन दिनमै उक्त आर्थिक रकम संकलन भएको हो ।
गएको असार २१ गते बोहराको पुख्र्यौली घर चंखेली–१ स्थित रिमि बोहराबाडामै रहेको अवस्थामा अचानक हृदयघात भएपछि उनलाई हेलिकोप्टरबाट चार्टर गरेर काठमाडौंको गंगालाल हृदय रोग केन्द्रमा लगिएको थियो । हेलिकोप्टर चार्टरको भाडा अस्पतालमा उपचारका लागि दैनिक हुने खर्चको रकम अभाव हुन थालेपछि यही असार २८ गते शाही, रोकाया र महताराले संयुक्त रुपमा उक्त अभियान सञ्चालन गरेको किर्डाक नेपालका निर्देशक तथा समाजकल्याण परिषदका सदस्य गोविन्दबहादुर शाहीले जानकारी दिए ।
‘युवा अवस्थामै हृदयघात भएका बोहराको उपचारका लागि चरम आर्थिक अभाव हुने भएपछि हामी तिनजान साथीहरुले आर्थिक जोहो गर्न असार २७ गते राती सल्लाह ग¥यो’ शाहीले नेपालवोटसँग भने, ‘हामीसँग जोडिएका गाउँ, जिल्ला, प्रदेश हुँदै देश र विदेशमा रहेका सबै सहयोगिमनहरुको सहयोगको कारण छोटो समयमै यत्रो रकम संकलन भएको हो ।’
हृदयघात भएकै दिन मोटरबाइकमा मुगु जिल्ला अस्पताल पु¥याइए पनि त्यहाँ उपचार संभव नभएपछि हेलिकोप्टर रिर्जभ गरेर ल्याउनै सात लाख खर्च भएको बताएका शाहीले हरेक दिन अस्पतालमा ३० हजारका दर बिल आउन थालेपछि आर्थिक अभाव भएको हो ।
घरको आर्थिक अवस्था पनि कमजोर भएको र उनले गरेको पढाएको मासिक तलबबाट २ छोरा र श्रीमती पाल्दै आएका बोहरालाई एकै पटक ठूलो रकम उपचारमा लागेका कारण थप आर्थिक जोहो गर्न कुनै माध्यम नभएकाले आफूहरुले देश तथा विदेशमा रहेका साथीहरुलाई सार्वजनिक रुपमा सहयोगको अपिल गरेको अभियानमा संलग्न सिमकोट–५ तल्लो गाउँका राजबहादुर रोकायाले जानकारी दिए ।
देश विदेशबाट सामुहिक र व्यक्तिगत ढंगले सहयोग गर्नेको संख्या हरेक दिन थपिदै गएको बताएका अभियानता रोकायाले बुधबार चैखेलि गाउँपालिकाबाट सामुहिक रुपमा २ लाख ३४ हजार रकम सहयोग भएको जानकारी दिए । उनका अनुसार सामुहकि रुपमा संकलन गरेर हुम्ला सदरमुकाम सिमकोटबाट प्रेम बुढाको नेतृत्वमा २ लाख ८ हजार रकम संकलन गरेर पठाएका छन् । यसैगरी बिरामी बोहरा कार्यरत रारा बहुमूखि क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीले ७८ हजार ८४० रकम जम्मा गरेर बोहराकी श्रीमती सम्झना रोकायाको खातामा रकम पठाइएको छ ।
अहिलेसम्म किर्डाक नेपालमा कायरत विभिन्न कर्मचारी, सामुदायिक विकास कार्यक्रम र ग्रामीण पुनिर्माण संस्था (आरआरएन) लगायतका सामाजिक संघसंस्थामा कायरुत अभियानताले पनि बोहराको उपचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।
यस्तो छ, सहयोग गर्ने तरिका
आर्थिक अवस्था कमजोर भएपछि अस्पतालको शैयामा मृत्युसँग लडिरहेका हिराब बोहराको उपचारमा उनकै श्रीमती सम्झना रोकायाको बैंक खातामार्फत सहयोग गर्न सकिन्छ । राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०१००००९९८२०१० मा जुनसुकै बैंक, मोवाइल बैंकिङ वा इसेवा लगायतका वालेटबाट पनि बोहरालाई आर्थिक सहयोग गर्न सकिन्छ ।