माघ ८, सिमकोट । सोमबार राती देखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित बनाएको छ । हुम्ला सोमबार राति देखि हिमपात सहित अत्याधिक बढेको हावाहुरीले जिल्लाभरको जनजीवन निकै प्रभावित भएको छ ।
हावाहुरी सहितको हिमपातले सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका गाउँहरुमा आवतजावत गर्न समेत समस्या बनाएको छ । अचानक सोमबार राति देखि हिमपात हुन थाले पछि स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ ।
हुम्लामा सोमबार राती देखि निरन्तर हिमपात परेपछि अहिले सिमकोटमा झण्डै दुई फिट हिउँजमेको छ भने सिमकोट देखि उत्तरी क्षेत्रका गाउँमा तीन फिट सम्म हिउँजमेको बताइएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ ।
सोमबार राती देखि निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा आवतजावत गर्न समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या भएको स्थानीय मुचु प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमूख रविन श्रेष्ठले जानकारी दिए ।
उनका अनुशार मुचुमा अहिले सम्म झण्डै दुई फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको हो ।
हवाई सेवा बन्द
हिमपातसँगैको अत्याधिक रुपमा चलेको हावाहुरीले दुर्गम हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको छ । हवाई सेवा बन्द हुदा जिल्ला वाहिर जाने सर्वसाधरणलाई समेत समस्या बनाएको छ । हवाई सेवा अवरुद्ध भएपछि सिमकोट बजारमा दैनिक उपभोग्य सामानको अभाव हुने देखिएको छ ।
हिमपातले विद्यार्थीको ट्युसन बन्द
हिमपा हुदा एसइई तयारी गर्न ट्यूसन लिने विद्यार्थीको समेत विहानी पढाई बन्द भएको एसइइको ट्युसन बढ्दै गरेका सन्देश बोहराले बताएका छन् ।
जिल्लामा भारी मिपात हुदा ट्युसन पढाई बन्द गर्नु परेको मानसरोवर माविमा विद्यार्थीलाई टिउसन दिदै आएका शिक्षा धन बहदुर ऐडिले बताए । यो भन्दा अघि हिमपात हुँदा पनि ट्यूसन सञ्चालन गरिएपनि सोमबार राति देखि हिमपात सँगै चलेको हावाहुरीले पढाउन नसकिएको शिक्षक ऐडिले बताए ।