सिमकोट । यो वर्ष हिमाली जिल्लामा मानव अधिकार उल्लंघनका घटनामा कमी आएका छन् ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अभिलेखीकरण प्रतिवेदन अनुसार विगतका वर्षहरुको तुलनामा यो वर्ष जिल्लामा मानवअधिकार उल्लंघन र ज्याजतीका घटनामा कमी आएको पाइएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमकाका क्रममा विगतका वर्षहरुको तुलनामा यो वर्ष मानव अधिकार उलंघनका घटनाहरु घड्दो क्रममा रहेको इन्सेकको अभिलेखले देखाएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रभवा अन्य जिल्लामा सुरक्षा अंगहरुको पहुँचका कारण पनि यस्ता घटनामा कमी आएको हुनसक्ने अनुमान जिल्लाका सरोकारवाला निकायहरुले गरेका छन् । इन्सेकका जिल्ला प्रतिनिधि नन्द सिंहले यो वर्षको शुरुका छ महिनामा हुम्ला जिल्लाभर ८ वटामात्रै घटना अभिलेख हुनुले पनि विगतका वर्षहरुको तुलनामा यो वर्ष यस्ता घटनाहरु क्म भएको जानकारी दिए ।
सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले
०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको ६ महिनामा सङ्कलन गरिएका घटनाहरुको आधारमा जिल्लाभर ८ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू मात्रै घटेका छन्’ जिल्ला प्रतिनिधि सिंहले भने, ‘यो संख्या गत वर्ष भन्दा निकै कम हो ।’
उनका अनुसार आठ घटनामध्ये सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्वन्धित तीन, स्वास्थ्य तथा शिक्षाका अधिकारसँग सम्बन्धित एक, बलात्कार, बलात्कार प्रयास र यौनदुरव्र्यवहारसँग सम्बन्धित चार घटनाहरु घटेका छन् । अर्ध वार्षिक समिक्षा कार्यक्रममा छुटेका केही घटनाहरुलाई इन्सेकले संकलन गरेको प्रतिवेदनमा वार्षिक समिक्षिामा समेटनु पर्ने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए । ‘यो वर्ष इन्सेकले संकलन गरेको घटनामा सत्य तथ्य आएको छ तै पनि भएसम्म दुवै पक्षलाई भेटेर समेटदा उत्तम हुन्छ’ कार्यक्रममा अध्यक्ष लामाले थपे ।
हुम्लामा यो वर्ष मानव अधिकारका धेरै घटना नहुनु भनेको सुखद पक्ष भएको बताएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गत वर्ष भन्दा यो वर्ष कोभिडले चुनौती देखिएपछि अधिकारसँग सम्वन्धित घटनाहरु कम भएको हुन सक्ने अनुमान गरे ।
प्रजिअ आचार्यका अनुसार आउँदा दिनहरुमा जिल्लामा मानव अधिकारका घटनाहरुलाई अझै सुन्यमा झार्न सकिन्छ । जटिल खालका घटनामा संगलग्न भएका व्यक्तिहरुको नामलाई समेटदा पीडित पीडकहरुलाई समस्या आउन सक्छ त्यसैले सोचनियको विषय रहेको प्रहरी नायव उपरिक्षक हेरम्व सर्माले जानकारी दिए ।
प्रहरीमा आउने जतिपनि घटनाहरुलाई पनि प्रहरीले अभद्र व्यवहार भन्न नमिल्ने हुम्ला जिल्ला अदालतका बैतनिक वकिल राजन चन्दले बताइन् । उनका अनुसार जुन प्रकृतिको घटना आयो त्यही अनुसारको मुद्धा दर्ता गर्ने र दर्ता भएका मुद्धालाई अन्तिमसम्म न्याय दिन सबै पक्ष एक भएर लाग्नु पर्नेछ ।