सिमकोट । नेपाली सेनाको सेना उद्धार गरिएकी अदानचुली–५ बारिगाउँकी सुनकेसा ऐडीको नवजात शिशुको अवस्था नाजुक भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
शनिबार (आज) बिहान प्रदेश अस्पतालको सुत्केरी वार्डमा भ्याकुम विधिद्धारा निकालिएको शिशुको अवस्था निकै नाजुक भएको प्रदेश अस्पताललाई उदृत गर्दै जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।
शुक्रबार अपरान्ह नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएकी सुनकेसा ऐडीको गर्भबाट चिकित्सकले भ्याकुम विधिद्धारा आज बिहान उक्त शिशु निकालिएको थियो ।
शिशु निकाल्ने बित्तिकै श्वाशप्रश्वाशको अवस्था नाजुक भएपछि भ्यान्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
‘जन्मेदेखि नैं नवजात शिशुले आफै श्वाश लिन सकेको छैन्’ प्रदेश अस्पतालको सुत्केरी वर्डालाई उदृत गर्दै बोहराले नेपालवाटसँग भनिन, ‘केहि गरेर शिशुको श्वाशप्रश्वाशमा सुधार आउँछकी भनेर अहिलेसम्म भेन्टिलेटरको सहायताले श्वाश दिने काम भएको छ । तर पनि शिशुयताहुने आशा निकै कम छ ।’
घरमै ५ दिनसम्म प्रशव पींडा भएर अदानचुली–५ स्थित बारिगाउँ स्थास्थ्य चौकीमा लगिएकी ऐडीलाई स्थानीय स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरिएको थियो ।
अविभावक बेखबर
प्रदेश अस्पतालका नवजात शिशुको अवस्था नाजुक भएपनि उनका अविभावक सम्पर्कमा नआएको प्रदेश अस्पताल स्रोतले जनाएको छ ।
शिशुलाई आमाको गर्भबाट निकालेदेखि नैं श्वाश प्रश्वाशकोअवस्था निकै नाजुक भएपनि उनका कुनै अविभावक अस्पतालको सम्पर्कमा नआएको बताइएको छ । आमालाई प्रदेश अस्पतालको सुत्केरी वार्डमा उपचार गराई राखिएको भएपनि उनलाई कुर्न गएको उनका श्रीमान् आप्mनो नवजात शिशुको अवस्था बुझ्न नगएको अस्पताललाई उदृत गर्दै सिनियर अनमी बोहराले बताइन् ।
शिशुको स्वास्थ्यमा कुनै सुधार नआएपछि अविभावसँगको परामर्शमा शिशुलाई भेन्टिलेटरबाट निकाल्ने की भनेर धेरै पटक अस्पतालको सुत्केरी वाडले परामर्श गर्न खोजेपनि उनलाई कुर्न गएका अविभावक सम्पर्कमा नगएपछि समस्या भएको बताइएको छ ।