काठमाडौं । अदानचुली गाउँपलिको मुख्य बजार क्षेत्रबाट श्रीनगर प्रहरी चौकीले आज १५ जना पक्राउ गरेको छ ।
नियमिति गस्तीको क्रममा अदानचुली गाउँपालिका वडा नम्बर ३ स्थित स्वास्थ्य चौकी नजिकै रहेको एक होटल तथा पशलबाट जुवा खेली रहेको अबस्थामा रंगेहात पक्राउ गरेको हो ।
तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगद सहित पक्राउ गरेको एकसातामै जिल्लाको अदानचुलीबाट यत्रो संख्यामा तास खेल्नेलाई पक्राउ गरको हो ।
नियमित रुपमा खेल्ने गगरेको सुचना सँगै आफुहरु नियमित गस्ती गएको अवस्थामा श्रीनगर–३ का बर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलीरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरेको प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बुढाले जानकारी दिए ।
प्रहरी चौकी श्रीनगरका प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बुढाका अनुसार गाउँपालिकाका जिम्मेवार ब्यक्तिनै जुवा खेली रहेका अबस्थामा फेला परेका हुन् । प्रहरीस्रोतका अनुसार पक्रउा पर्नेमा २ जना वडा अध्यक्ष, १ जना शिक्षक,२ जना ठेकदारहरु, १ जना माववअधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।
नियन्त्रणमा लिएको प्रहरीले र उनिहरुलाई सोधपुज गरी अबका दिनहरुमा यस्तो घिणित कार्य नगर्ने कागज सहित जरीबाना तिरेपछी घर पठाएको छ । आज पक्राउ गरेकाहरु मध्ये अधिकांस यस भन्दा अघि पनि पक्राउ परेका थिए ।
बुधबार (आज) पक्राउ परेका मध्ये केहि ब्यक्ति ३ पटकसम्म पक्राउ परिसकेकाले पनि प्रहरीले जरिवाना तिराएको हो ।
तासकै खालबाट पक्राउन पर्नेमा अदानचुली–१ का २ जना, वडा नम्बर २ का १ जना, अदानचुली ३ का ८ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का १ जना गरी १५ जना रहेका छन् ।
पक्राउ परेका २ जना वडा अध्यक्ष लाई अब देखी तास नखेल्ने र नखेलाउने कागज सहित अदानचुली ३ का जनकबहादुर बिष्टको जिम्मा लगाइएको छ । बरामत गरीएका तासलाई प्रहरीको टोलीले जलाए छ ।