सर्केगाड (हुम्ला) । लामो समय देखी हुम्लाको सर्केगाड गाउँपालिकाकोकेन्द्र नैं ईन्टरनेट बिहिन बनेको छ ।
गाउँपालिकाका अधिकांश कामहरु अनलाइनबाट सम्पन्न हुने भएपनि हुम्लाको सर्केगाड बिच्छेद भएको छ । नेपाल सरकारले निःशुल्क रुपमा गाउँपालिमा जडान गरीएका ४ वटा लाईन सहित केहि वडा कार्यलयहरुमा लामो समयबाट ईन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपालिकाले दिने दैनिक सेवा प्रबाह सहित स्थानीय नागरीकका समान्य कामहरु प्रभावित भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
पछिल्लो समय गाउँपालिकाका सबै कामहरु ईन्टरनेट मार्फत गर्नु पर्ने नितिगत व्यवस्था गरीएको छ । सरकारको नीति अनुसार पछिल्लोसमय पालिकाका व्यतिmगत घटना दर्ता, सामाजीक सुरक्षा भत्ता पै्राप्त गर्नेको नविकरण र आर्थिक कारोबार सबै ईन्टरनेटको माध्यमबाट गर्नु पर्छ । तर गाउँपालिकाको कार्यालयमैनेट सेवा नभएपछि उक्त कामहरु सबै अहिले नभएरैसमय बितेकोगाउँपालिकामा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
‘गाउँपालिकाका सबै जिम्मेवार पदाधिकारी आर्थिक वर्ष नसकिदैं गाउँपालिका छोडेर सुर्खेत, नेपालगञ्ज, काठमाडौं जस्ता शहरमा केन्द्रित हुनुहुन्छ’ आप्mनो नाम उल्लेख नगर्नेशर्तमा ती कर्मचारीले भने, ‘आप्mनो दुनो सोझ्याउने समय गएपछि अरुले सेवा पावस वा नपाओस यसमा कस्लाईकेकोसमस्या छ र ?’
मैखिक रुपमा जस्ता सुकै ठूलो नारा लगाएको भएपनि व्यवहारमा कुनै काम नीयम संगत नगरेको उल्लेख गरेका ती कर्मचारीका अनुसार अहिलेसबै काम स्थगित भएका छन् ।
गाउँपालिकाले गर्ने सम्पुर्ण कामहरु शुत्रमा हाल्नु पर्ने, सामाजीक सुरक्षा भक्ताकोट डाटा दैनिक अपडेट गर्नुपर्ने भए पनि गाउँपालिकामै ईन्टरनेट नहुँदा गाउँपालिकाका सबै पदाधिकारी सहित क्रमचारीहरु समेत गाउँपालिका बाहिर रहेका छन् ।
रकम भुक्तानी नगरेकाले ईन्टरनेट बन्द
गएको ३ वर्ष अघि देखी निरन्तर सेवा दिइदै आएको वर्डलिंक कम्युनिकेशनको नेट सेवा लिए वापतको शुल्क नतिरेका कारण सर्केगाडको नेता बन्द भएका बुझिएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षकै पैसा भुक्तानी नगर्दा ईन्टरनेट सेवा अबरुद्ध भएको कार्यालयले जनाएको छ ।
एक वर्षमा करिब ८ लाख भन्दा धेरै रकम बुझाउनु पर्नेमा हालसम्म कुनै शुल्क नबुझाएकोले अबरुद्ध भएको वल्डलिंक कम्यूनिकेसनले जनाएको छ । अन्य कार्यालयहरुले समयमा बुझाएका छन् जसले समयमा रकम बुझाएका छन् नितिहरुकोमा ईन्टरनेट चलिरहेका छ तर गाउँपालिकाले रकम बुझाउनु भन्दा त सम्झौता समेत थप नगरेका कारण बन्द गरिएको वल्डलिंकको कर्णालीप्रदेश कार्यालयले जनाएको छ ।
‘हुम्लाको सर्केगाडढ गाउँपालिकाले अघिल्लो वर्षको रकम भुक्तानी गरेर सम्झौता गर्दा बित्तीकै ईन्टरनेट सुचारु हुन्छ’ कार्यालय स्रोतले भन्यो, ‘तर नेटा सेवा सञ्चालन गर्ने बारेमा नविकरण भएर रकम भुक्तानी गरे तत्काल नेट सूचारु हुन्छ ।’
तर गाउँपालिकाले भने वल्डलिंकले धोका दिएकाले संझौता नविकरण नगरेको दावी गरेको छ । वल्डलिंकलेधोका दिएकाले अब अर्को नेट सेवा प्रदायक निकायसँग सम्झौता गरी सकेको गाउँपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार लामोसमय वर्डलिंकले गाउँपालिकासँगै बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा सेवा दिए पनि प्रभाबकारी सेवा नदिएको भन्दै अब वर्डलिंकसँग सम्झौता तोडिएको हो । ‘आफू कार्यालयको कामले नेपालगञ्ज भएको हो’ अधिकृत शाहीले नेपालवोटसँग भने, ‘वर्डलिंकले पैसा मात्र लिने तर प्रभावकारी सेवा नदिने भएकै कारण हामीले नेपाल टेलीकमसँग सम्झौता गरेकाले अबको १५/२० दिन भित्र नेटसेवा सुचारु हुनेछ ।’
‘पैसा भुक्तानी गरी रहेका छौँ तर वर्डलिंकले विभिन्न वयभसाइटहरु खोल्न नसक्ने सेवा दिएको छ, ईमेल पनि खोल्न पनि लामो समय कुर्न पर्ने हुँन्छ, गाउँपालिकाले गर्ने सबै काम अहिले शुत्रमा हाल्नु पर्ने हुन्छ । प्रभावकारी ईन्टरनेट भएन भने हामीलाई काम गर्न गाह्रो पर्छ, वर्डलिंकले त फेसबुक खोल्नसम्मको मात्र सेवा दिएको छ । त्यसैले हामीले प्रभावकारी सेवा दिन नसकेकाले नेपाल टेलीकमसँग सम्झौता गरी सकेका छौ अबको १५/२० दिनमा गाउँपालिकामा ईन्टरनेट जोड्छौँ ।’ उनले थपे ।
नेपाल टेलीकमको लाईन अछाम बाजुरा हुँदै हुम्ला आउने भएकाले अहिले बाजुराको हिमाली गाउँपालिकमा जोडी रहेको छ । त्यहाँ जडान भैईसके पश्चात हाम्रो गाउँपालिकामा जोड्न आउने बताए । यति बेला किर्डाक नेपाल,स्वास्थ्य चौकी, समिकरण सहकारी संस्था र व्यक्तित रुपमा सञ्चालनमा ल्याएको छबीलाल बुढाको मात्र ईन्टरनेट सञ्चालनमा छन् ।