कठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले दैलेखको पेट्रोल उत्खननमा चासो बढाउन कर्णालीका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् ।
पेट्रोलियम पदार्थ उत्खननका लागि अध्ययन र अनुसन्धानको काम सुरु भइरहेको छ । यसको बारेमा कर्णालीका पत्रकारले विशेष चासो देखाउनुहोला । यो आयोजना सम्पन्न भए कर्णाली प्रदेश मात्रै नभएर समग्रः नेपालकै आर्थिक अवस्था सुधारमा ठूलो टेवा पुग्ने बताउनु भएका एमाले अध्यक्ष ओलीले कर्णालीका पत्रकारसँगको छलफलमा पेट्रोलको उत्खनमा पत्रकारले राज्यलाई दवाव दिनकै लागि भएपनि चासो बढाउनु पर्ने बताए ।
‘पेट्रोल उत्खननमा हाम्रो (ओली सरकारको) पालामा थुप्रै पहल भएको थियो’ पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलिे भने, ‘त्यो काम अहिले काम के भैरहेको छ ? कसरी अगाडी बढ्दै छ ? रोकिएको छ भने थप रप्mतारमा अघि बढाउन भएपनि सञ्चार जगत सरोकारवाल निकायलाई नैतिक दवाव दिनु पर्दछ ।’
नेपालमा ठूला साना सबै खाले विकासका पूर्वाधारहरूलाई निर्धारित समयमा सम्पन्न गर्न सम्बन्धित निकायहरूले चासो बढाउन सकेमा र जनताले त्यसको निरन्तर खबरदारी गर्न सकेमा प्रभावकारी हुने बताएका अध्यक्ष ओलीले कर्णाली अथाह सम्भावना बोकेको प्रदेश भएकोमा जोड दिए ।
'कर्णाली अथाहा संभावना बोकेको प्रदेश हो’ उनले भने, ‘यसको विकासमा तीनै तहका सरकारहरूले आपसी समझदारी/सहकार्य गरेर मेघा प्रोजेक्ट बनाउने, कर्णालीमा रहेका खानीको उत्खनन गर्ने, पानी र हावाबाट बिजुली उत्पादन गर्ने, जडीबुटीको पहिचान र प्रशोधन गर्नेतर्फ लाग्ने हो भने कर्णालीले समग्रह नेपालकै समृद्धीका लागि ठूाले भूमिका खेल्ने छ ।’
दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटिला लगायतका क्षेत्रमा सदियौँदेखि पानीमाथि आगो बल्ने भएका कारण नेपाल सरकारले पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारसँग जीटुजी सम्झौता गरेर यसको अध्ययनको काम सुरु गरेको बताएका ओलीले त्यसलाई परिणाममूखि बनाउन स्थानीय स्तरका नागरिक समाज र सञ्चार जगतले बेलाबखत खबरदारी गर्नुपर्नेमा जोड दिए । ‘अहिले कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर अन्तिम सर्वेक्षणको तयारी थालिएको भए पनि कोरोना महामारीका कारण काम पुनः सञ्चालन हुन सकेको उल्लेख गरेका ओलीले त्यसको पहिचान गर्ने काम मात्रै सम्पन्न भएपनि ठूलो उपलब्धी हुने भएकाले निरन्तर उक्त काम सकाउन दवाव दिन आग्रह गरे ।
कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन, मुगुमा भएको रारा तालको प्रवद्र्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु, हुम्लामा पाइने जीवनवुटी (यार्चाकुम्बो) लगायतका बहुमूल्य जडिवुटीको वुद्धिमतापूर्ण संकलन, प्रशोधनको कामको थालनी गरेमात्रै विद्यमान बिम्ब हटेर जाने बताएका ओलीले त्यसमा प्रदेश सरकार र स्थानीय सरकारले परिणाम निस्कने गरेर काम गर्नुपर्ने बताए ।
स्थानीय, प्रदेश र संघीय तीन तहका सरकारलाई संयोजन गर्ने, स्रोतको समन्वय गर्ने जिम्मा पाएको प्रदेश सरकारले कर्णालीमा खासै परिणाम निकाल्ने काम गर्न नसकेको टिप्पणी गरेका ओलीले प्रदेश सरकारले चाहेको भए वितेका चार वर्षका ठूलो परिवर्तन हुने दावी गरे । ‘कर्णालीको प्रदेश सरकार नीतिमा ठूला सपना देखाउने तर कार्यान्वयनमा भुई नछोड्ने हिसाबले अघि बढ्यो’ उनले थपे ‘त्यसलाई (प्रदेश सरकारलाई) सहि मार्ग हिडाउन नागरिक समाज र राजनीतिक दावाव पनि खासै नपुगेको पाइयो ।’