सिमकोट । कोरोना कहरकै बीच भारतीय सद्गुरु हुम्ला आउने भएका छन् । हिन्दु र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थलका रुपमा चिनिने कैलास मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला आउने भएका हुन् ।
चीनको वुहान प्रान्तबाट २०२० माशुरु भएको कोरोना भाइरसको (कोभिड–१९) का कारण धार्मिक तथा सांस्कृतीक महत्वको कैलास मानसरोवार आवतजावत गर्न चीनीया पक्षले रोक लगाएका बेला सद्गुरु हुम्लाको भू–भागबाटै दूरदर्शन गर्ने गरी हुम्ला आउन लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । सद्गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पुरा भएको जानकारी दिएका अधिकारी आचार्यका अनुसार सद्गुरुको टोलीले स्थलमार्ग हुँदै नाम्खा गाउँपालिकाको लिलिम स्थिती लाप्चा क्षेत्रमा पुगेर कैलासको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका जनैपुणीमाको अवसर पारेर सदुगुरु आज (मंगलबार) हुम्ला आउन लागेको टोलीमा संलग्न ताक्ला रावतले जानकारी दिए । उनका अनुसार काठमाडौँ आइपुगेका जम्बो टोलीसहित उनी पूर्वकार्यतालिकाअनुसार हुम्ला आएर पैदलमार्गबाट लाप्चातर्फ लाग्नेछन्।
एन्टिच्युट हेलिकोप्टरमार्फत काठमाडौँबाट सिधै नेपालगञ्ज हुुँदै गुरुको सिमकोट आउने कार्यक्रम थय भएको छ’ रावतले भने, ‘सदगुरु एक रात सिमकोटमा बस्ने र बुधबार बिहान पैदल मार्गबाट लाप्चातर्फ लाग्ने कार्यक्रम छ ।’
गुरु बस्नका लागि सिमकोटको सिम स्थित खेलमैदानमा आसपास पालको व्यवस्था गरिएको छ। टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडालाई तयारी अवस्थामा राखिएको छ । सदगुरु हुम्ला आउने भएपछि सोमबार बसेको सर्वपक्षिय बैठक र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाको सुरक्षा व्यवस्था कडा पारिउको छ ।
भ्रमणको प्रबन्ध मिलाउन पर्यटन व्यवसायी सिमकोटमा
सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि ठूलो संख्याका पर्यटन व्यवसायी हुम्ला सदरमुकाम सिमकोट केन्द्रित भएका छन् ।
काठमाडौं नेपालगञ्जका पर्यटन व्यावसायी अहिले सिमकोट केन्द्रित भएका हुन् । स्रोतका अनुसार सद्गुरुको भ्रमणलाई सफल बनाउन अहिले झण्डै ५५ को हाराहारीमा पर्यटन व्यावसायी सिमकोट केन्द्रित भएका छन् ।
ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै गरेर ५५ जना हुम्ला आइपुगेका हुन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ।

उनले हुम्ला पुगेको टोलीले कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरी सिमकोटस्थित खेल मैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताए।
पालमा सदगुरुसहितको सबै टोली एक रात बस्नेछ। लाप्चा क्षेत्र जानका लागि २५ जना स्थानीय भारी बोक्ने कामदार पनि तयारी गरिएको छ। कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका कामदार खोजिएको र उनीहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नुपर्ने छ।